• दमक / रगतको अभाव हुन सक्ने भन्दै कांग्रेस भात्री संगठन नेपाल बिद्यार्थि संघ झापाले बिहीबार दमकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।


     

    १४ औ लोकतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएका सो कार्यक्रममा ३१ जनाले रक्तदान गरेको संघका जिल्ला सदस्य बिशाल अधिकारीले जानकारी दिए। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागी गरिउको लकडाउनका कारण अस्पतालहरुमा रगतको अभाब हुन थालेकोले संघका सदस्यहरुबाट रक्तदान गरिएको नेविसंघ झापाका बरिष्ठ जिल्ला सदस्य सहदेव भट्टराईले जानकारी दिए।


     

    नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको प्राविधिक सहयोगमा रेडक्रसकै सभाहलमा सम्पन्न कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष तथा नेपाली कांग्रेस महासमिति सदस्य मेदनी सिटौलाको प्रमुख आतिथ्य तामा भएको उक्त कार्यक्रममा संभावित कोरोना भाईरसको जोखिमलाई मध्यनजगर गर्दै सामाजिक दुरीलाई कयम गरी रक्तदान गरिएको आयोजनकले जनाएको छ ।

     

    कार्यक्रममा नेविसंघ झापाका उपाध्यक्ष भवानी काफ्ले, कोषाध्यक्ष नवराज ढकाल, सदस्यहरु बिपुल बास्तोला, नवराज न्यौपाने, मणि लिम्बु, धिरज श्रेष्ठ, अशिष लिम्बु, अतित राई, सन्देश थापा विद्यार्थी नेता चिरञ्जिबी न्यौपाने, दमक नगर सभापति पासाङ तामाङ लगायतको उपस्थिती रहेको थियो । यो अभियान नेविसंघ ले जिल्ला भर सञ्चालन गर्ने जिल्ला कोशादय्क्ष ढकालले बताए।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…