• आजको पञ्चाङ्ग

    वि.सं. वैशाख १२, २०७७ । ई.सं. 24 April, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० बछलाथ्व । प्रमादी उत्तरायण वसन्त । शुक्रवार वैशाख शुक्लपक्ष । तिथि प्रतिपदा, ०९:२४ बजे उप्रान्त द्वितीया । नक्षत्र भरणी, १८:०९ बजे उप्रान्त कृत्तिका । योग आयुष्मान्, २३:१२ बजे उप्रान्त सौभाग्य । करण वव ०९:२४ बजेदेखि वालव , २२:०८ बजे उप्रान्त गर । चन्द्रराशि मेष । आनन्दादि योग मुद्गर । दिनमान ३२।३१ । सूर्योदय ०५:३३ । सूर्यास्त १८:३३ । ललितपुरमा रातो मत्स्येन्द्रनाथ रथारोहण (बुंगद्य रथय तइगु) ।

    राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिनछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । सामान हराउने भयपनि छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक पद र प्रतिष्ठाकमाउने बेलाछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभ समाचार सुन्न पाइएला । कृषि क्षेत्रको काम अघी बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । जोश जाँगर र हिम्मत बढ्न सक्छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बन्न लागेको काम विग्रिनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रोकिएको धन पाइएला । धर्म कर्म,परोपकार,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पाइनेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । पारिवारिक मनोरञ्जन हुने र सद्भाव बढ्नेछ । व्यापार, व्यवसायमा चैं लाभ नमिल्ला ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफन्तसंग सहकार्यको अवसर मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सरकारी निकाएको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । अविश्वाश उत्पन्न हुनेछ । परिवारमा चिन्ता बढ्न सक्छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) गरेको कार्यबाट नपत्याउँदो सफलता र फाइदा हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन । सामाजिक संस्थाबाट सहयोग र पदोन्नतीको सम्भावना प्रवल रहेको छ ।

    – ज्यो.प. नारायणप्रसाद दुलाल

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…