• आजको पञ्चाङ्ग

     

    वि.सं.२०७७ साल वैसाख १३ गते । शनिबार । ईश्वी सन् २०२० अप्रिल २५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । वैसाख शुक्लपक्ष । तिथि– द्वितीया,१३ घडी ०४ पला,बिहान १० बजेर ४५ मिनेट उप्रान्त तृतीया । नक्षत्र– कृतिका,३६ घडी ०६ पला,बेलुकी ०७ बजेर ५८ मिनेट उप्रान्त रोहिणी । योग– सौभाग्य,४३ घडी ५२ पला,बेलुकी ११ बजेर ०४ मिनेट उप्रान्त शोभन । करण– कौलव,बिहान १० बजेर ४५ मिनेट उप्रान्त तैतिल,बेलुकी ११ बजेर १६ मिनेट उप्रान्त गर । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–वृष । काठमाडौंमा सूर्योदय ०५ बजेर ३१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३३ मिनेट । दिनमान ३२ घडी ३४ पला । औलो दिवस । रशुराम जयन्ती। त्रिपुष्कर योग १०:४५ बजेसम्म। सर्वार्थसिद्धि योग १९:५८ बजेपछि।

    राशिफल

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    माया प्रेमको गाठो झन कसिलो भएर जानेछ भने जुझारु साथिहरुको संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउँनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । तपाईको बक्तब्य कलाको प्रभावले समाजमा सकारात्मक तरङग पैदा गर्नेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । तरपनि बाहिरी वाताबरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

    बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    अध्ययन तथा अध्यापनमा मन नजादा हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । सुन्दर तथा बिलाशि बस्तुको प्रयोग गर्दा ख्याल गर्नुहोला बढि उत्साहित हुँदा चाहेजस्तो उपलब्धि हासिल नहुँन सक्छ । भौतिक तथा बिलाशि बस्तुको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । अध्ययनमा अलि बढि सयम दिन सके सफलता हात लाग्ने योग रहेकोछ । तरपनि वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

    मौषमि रोगको प्रकोप देखिने तथा खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउँन सक्छ । तपाई आफ्नै कमजोरिले बिवाद बढ्ने तथा बिवादमा आफु तल परिनेछ । व्यापारमा लगानि गरेपनि भनेजस्तो आम्दानि गर्नको लागि केहि समय कुर्नुनै पर्नेछ । बिदेशमा बसेर व्यापार गर्ने तथा बिदेशमा रहेर काम गर्नेहरुका लागि दिन फलदायि रहनेछ । घरायसि सुख, प्रेम सम्बन्ध, दाम्पत्य जीवनमा केहि असहज परिस्थितिको सामना गर्नुपर्ने हुँन सक्छ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    आएस्रोतका बाटाहरु कमजोर हुँने तथा रोजगारिका अवसरहरु गुम्न सक्छ । भौतिक तथा मानव निर्मित भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा समय लगानि गर्दा गुरुवर्ग तथा परिवारजनको सहयोग पाईने सकारात्मक नतिजा निकाल्न सकिनेछ । तरपनि स्वास्थ्यमा समस्या आउँन सक्छ । यात्रा भरसर नगर्नुहोला ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    माता पिताको कामबाट मन प्रशन्न हुनेछ भने भनेजस्तो सहयोग पाईने हुनाले दैनिक काम सहज रुपमा सम्पन्न हुनेछ । राजनिति तथा समाजसेवामा मान सम्मान प्राप्त हुनेछ भने उच्च पद तथा राज्यको सेवा सुबिधा प्रयोग गरि सम्पन्न हुने योग रहेकोछ । अनुशासित तथा सत्कर्म मार्फत आफ्नो साख बढाउन सकिनेछ । तरपनि बाहिरी वाताबरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    सर्जनात्मक तथा लेखन शैलिमा बिकास हुनेछ भने अध्ययन अध्यापनमा बिजयको योग रहेकोछ । आफ्ना गुरु तथा अग्रजहरुको आशिर्बाद पाईने हुदा मनमा एक किसिमको उमङग पैदा हुनेछ । धार्मिक तथा शैक्षिक यात्रा हुनेछ भने धर्म कर्ममा ध्यान जानेछ । आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ । तरपनि स्वास्थ्यमा समस्या आउँन सक्छ । यात्रा भरसर नगर्नुहोला ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    शिक्षा तथा नोकरिमा हुने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई धेरै पछाडि छोड्न सकिनेछ । नया प्रकृतिको व्यावसाय सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा मावली पक्षको सहयोग पाईने हुदा दैनिकी सहज रुपमा अगाडि बढ्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने पति पत्निबिच मायाको डोरो कसिनेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    खानपिनमा ध्यान नदिदा स्वास्थ्यमा समस्या देखा पर्न सक्छ । अरुतिरै ध्यान जादा वा अध्ययन अध्यापनमा समय दिन नसक्दा प्रतिष्पर्धिहरुभन्दा पछि परिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न सकेमात्र दिन रमाईलो हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । सानो गल्ति गर्नाले ठुलो घाटा सहनु पर्नेछ भने नियम संगत काम नगर्दा दण्ड तिुर्नपर्ने हुन सक्छ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    वादबिवाद तथा प्रतिश्पर्धामा तिपाईकै जित हुनेछ । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ । स्वास्थ्य सम्बन्धि पुराना समस्या भए समाधान भएर जानेछ । अध्ययनमा मन जानै छैन । आफन्तसँग जमघट हुनेछ । तरपनि वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा उल्लेख्य सहयोग पाईनेछ । प्रेम प्रशङमा रमाईलो गर्दै समय ब्यातित गर्न सकिनेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँन सक्छ । तरपनि बाहिरी वाताबरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    आफन्तहरु टाडिनेछन् भने शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईने छैन । राजनिति तथा समाजसेवामा जनताको काम गर्दापनि आलोचनाको शिकार हुनुपर्दा मन खिन्न हुनेछ । यात्रा गर्दा वा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । माया प्रेममा अबिश्वास बढ्नेछ भने घर आमा सँग पनि मनमुटाब सिर्जना हुनेछ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    लेखन कलाको बिकाश हुनेछ भने लेखेरै आफ्ना कुराहरु जनमानसमा लैजान सकिनेछ । पराक्रम बडेर जानुका साथै कामहरु समयमा बन्नेछन् । माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण बढेर जानेछ । छिमेकि दाजुभाई तथा आत्मिय मित्रहरुबाट भने जस्तो आर्थिक तथा भावनात्मक सहयोग मिल्नेछ । तरपनि वाहिरी वाताबरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

    तपाईको दिन शुभ रहोस् ।

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…