• शनिबार
    बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिका –३ स्थित पाटुमा बस पल्टिँदा सह–चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। लकडाउनले काठमाडौंमा अलपत्र परेकाहरुलाई लिएर उदयपुर जाँदैं गरेको बस शनिबार बिहान दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बर्दिबासका इन्स्पेक्टर सोनुकुमार साहले जानकारी दिए।

     

    बस पल्टिन लागेपछि ढोका खोलेर हामफाल्न खोज्दा बसको हुडले किचिएर सह–चालक बाबुराम विश्वकर्माको घटनास्थलमा ज्यान गएको इन्स्पेक्टर साहले बताए। मृतक विश्वकर्माको घर दोलखाको तामाकोसी –२ मा पर्छ। दुर्घटनामा गम्भीर घाइते भएका दोलखाकै तामाकोसी-२ का २२ वर्षीय प्रदीप विश्वकर्माको बर्दिबासस्थित शुभ स्वस्तिक हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

     

    उदयपुरको चौडण्डी नगरपालिकाले लकडाउनमा अलपत्र परेका आफ्ना नगरभरीका स्थानीयलाई बस व्यवस्थापन गरेर ल्याउँदै गरेको बस आज बिहान चार बजे दुर्घटनामा परेको हो। दुर्घटना लगतै बसका चालक फरार भएको प्रहरीले जनाएको छ।

     

    विपी राजमार्ग अन्तरगत बर्दिबास नगरपालिकाको पाटु चोकभन्दा उत्तरतिरको मोडस्थित सडक नालीमा बस गएर पल्टिएको बर्दिबास नगरपालिका वडा नम्बर–३ का वडा अध्यक्ष राजन ढुङ्गानाले बताए।

     

    बा ३ ख ४०३६ नम्बरको बसमा शुक्रबार राति १० बजे ३५ जनालाई काठमाण्डौंबाट यात्रु लिएर उदयपुर हिडेको थियो। गाउँ नजिकै बस दुर्घटना परेको खबर पाएर पुगेका गाउँलेहरुले बसका यात्रुहरुलाई उद्धार गरेका थिए।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …