•  युबराज रेग्मी

    बैशाख १३ ; गौरादह / झापाको गौरादह नगरपालिकाले कोरोना बिपत्ति लाई सम्बोधन गर्न खाध्यान्न संकलनका निमित्त नगरका प्रत्येक वडामा फुड बैंक स्थापना गरिसकेको छ ।

     

    बन्दाबन्दिका कारण मजदुरि गर्न बन्चित गरिब तथा निमुखा जनताको दैनिकीलाई केहि हद सम्म सहजता प्रदान गर्ने उधेस्यले स्थानिय स्तर बाटै राहत संकलन एबम बितरण गर्ने उधेस्यले नगरका सबै वडा हरुमा फुड बैंक स्थापना गरिएको नगरप्रमुख रोहित कुमार साह बताउछन । यसै अनुरुप आज नेपाली काङ्ग्रेस गौरादह वडा न २को वडा समितीले सोही वडामा स्थापना गरेको फुड बैंकमा राहत सामाग्री जम्मा गरेको छ ।

     

    राहत सामाग्री अन्तरगत १७५ केजि चामल ५० केजि नुन , २५ केजि दाल र १३ लिटर खानेतेल ने का वडा समितिको तर्फ बाट हस्तान्तरण गरेको हो । सोहि समितिले नगरपालिकाको प्रकोप ब्यबस्थापन कोषमा रु ११०००/- ( अक्षरमा एघार हजार ) बराबर रकम उपलब्ध गराइ सकेको छ ।

     

    राहत सामाग्री हस्तान्तरण गर्न सामाजिक दुरि कायम राख्दै पार्टीको तर्फ बाट वडा सभापति बिजय कन्दङ्वा , नेपाली काङ्ग्रेसका अग्रज ब्यक्तित्व डिल्ली सेडाइ , छेत्रीय उपसभापति ज्ञानेन्द्र खत्री, बाबुराम बस्नेत , इश्वर खत्री सन्जय दाहाल ,लगायत पार्टीसम्बद्ध ब्यक्तित्व हरु उपस्थित भएका थिए ।

     

     

    वडा न २ को फुड बैंक परिसरमा उपस्थित भइ फुड बैंकका सम्योजक तथा वडा अध्यक्ष हेमन्त कार्की , वडा सदस्य उत्तम बस्नेत , अनुगमन समितिका सदस्य डिल्ली काफ्ले लगायतलाई राहत सामाग्री हस्तान्तरण गरेका थिए । राहत सामाग्री हस्तान्तरणको सम्छिप्त कार्यक्रम लाई संचालन गर्दै राजनितिक सामाजिक ब्यक्तित्व गोपाल कोइरालाले यश विषम परिस्थिती लाई पररास्त गर्न सबै एकाकार भएर अतिनै साबधानी पुर्बक लाग्नु परेको बिसय अबगत गराएका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…