• उर्लाबारी /एनएमबि बैंक उर्लाबारी शाखाले हप्ताको सातै दिन सेवा दिने भएको छ ।

     

    कोरोना भाईरसको प्रकोप रहेको समयमा समेत सेवाग्राही हरुले आफ्नो न्युनतम आवश्यकता पुरा गर्न सकुन भन्ने उद्देश्यका साथ एनएमबि बैंक उर्लाबारी शाखाले हप्ताको सातै दिन विहान ११ बजे देखि दिनको १ बजे सम्म सेवा दिईरहेको छ ।

     

    दैनिक उपलब्ध सेवाहरुमा नगद जम्मा, नगद झिक्ने, चेक क्लियरीङ, रेमिटान्स भुक्तानी, खाता खोल्ने, चेक बुक बनाउने तथा अन्य कुनै पनि बैंकको खातामा सहज रकम जम्मा गर्ने सुविधा उपलब्ध गराईरहेको छ ।

     

    बैंकको एटिएम सेवा २४ घण्टा उपलब्ध रहेको र सेवाग्राहीहरुले डिजीटल प्रविधिको प्रयोग गरी धेरै कामहरु घरबाट नै सम्पन्न गर्न सक्ने र बैंकको वेभसाईटमा दैनिक सूचनाहरु उपलब्ध रहेको हुनाले घर बसेर नै धेरै जानकारी प्राप्त गर्नसकिनेछ । सेवाग्राही तथा सेवा प्रदान गर्ने कर्मचारीहरुको उचित सुरक्षा व्यवस्था सहित सेवा प्रदान गरिरहको हुनाले अत्यावश्यक भए मात्र कारोवारको लागि शाखामा आउन शाखा प्रमूखले अनुरोध गरेकाछन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …