• उर्लाबारी माघ १३ गते । मोरङको उर्लाबारीमा सम्पन्न प्रथम मेयर कपको उपाधि वडा नम्बर ५ ले उचालेको छ । शनिबार भएको खेलमा उसले वडा नम्बर ७ लाई १–० गोल अन्तरले हराउदै उपाधि उचालेको हो । वडा नम्बर ५को लागि उपाधि दिलाउन टिम कप्तान निरज बस्नेतले गरेको १ गोल नै निर्णायक बन्यो ।
    उपाधिसँगै वडा नम्बर ५ ले नगद ७५ हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र हात पार्यो । विजयी टिमलाई उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले ट्रफि प्रदान गरे । गत वर्ष पनि वडा नम्बर ५(साविक उर्लाबारी–२)ले नगरकपको उपाधि जितेको थियो ।


    उपविजेतामा सिमित वडा नम्बर ७ ले पुरस्कार बापत वडा नम्बर ७ले नगद ५० हजारमा चित्त बुझायो ।
    प्रतियोगिताको म्यान अफ द म्याच वडा नम्बर ५का गोल रक्षक सूर्य अधिकारी भए । यसैबीच,प्रथम मेयर कप फुटबल प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ठ भएका खेलाडीहरुलाई ट्राफि प्रदान गरिएको छ ।

    जस अन्तर्गत वडा नम्बर ५का रविन मगरलाई उदयमान खेलाडी,वडा नम्बर ६का रुद्र कार्कीलाई उत्कृष्ठ डिफेन्डर,वडा नम्बर ७का सुरेश राई ’लाई उत्कृष्ठ मिडफिल्ड, वडा नम्बर २का समिर चेम्जोङ उत्कृष्ठ गोल किप्पर,उत्कृष्ठ फर्वाडमा वडा नम्बर–९का सुहाङ लिम्बू,सार्वाधिक गोलकर्तामा वडा नम्बर ६का मिलन धिमाल र म्यान अफ द सेरिजमा वडा नम्बर ५का गो किप्पर सूर्य अधिकारी भएको आयोजक उर्लाबारी फुटबल क्लबका सचिव भिष्म बुढाथोकीले जानकारी दिए । उनीहरुलाई ट्रफि प्रदान गरिएको थियो ।कार्यक्रममा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले मेयरकपले उर्लाबारी नगर क्षेत्रमा फुटबल खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरा उल्लेख गरेका थिए ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…