• चैत्र बैशाखको महिना विश्व कोरोना महामारीले आक्रान्त भैरहेको हुदा नेपाल सरकारले बिद्यालयहरु चैत्र ६ गते देखी बन्द गर्दै २०७६ चैत्र ११ गते देखी बन्दाबन्दिको घोषणा गरेको थियो। बिद्यालयको परिक्षा र नतिजा सम्बन्धी सबै काम सकेका बिद्यालय देखी १०० किमि टाढा रहेको घर सङ्गै जोडिएको तरकारी बारिमा एक अधबैंसे शिक्षक तरकारी गोड्मेल गर्ने क्रममा थकाइ लागेर विश्राम लिइरहेका थिए, त्यसै बेला हातमा पानीको बोतल दिदै उसको छोराले भन्छ," "बाबा ,पानी तिर्खा लागे होला ,पानी खानुहोस"।

     

    छोराको उत्तर दिदै उस्ले भन्छ ," लेउ बाबु तिर्खा लागेको थियो,मेरो छोराले ल्याए ,आउ एता म एक पटक चुम्मि खान्छु"। बुवाले पानी खाएको छोराले हेरिरहन्छ अनि बाबु नजिक जादै बुइ चढदै काधमा चढेर र भन्छ , "बाबा! म त तपाइँ जत्रै ठुलो भए नि "। "हो नि, तिमि ठुलो भयौ" बाबुले छोरालाइ काधबाट ओराल्दै बुवा-"मलाई अलमल नगराउ, आज यति बारी गोडेर भ्याउनु पर्छ। तिमिले तिम्रो पढ्ने लेख्ने काम सक्यौ कि सकेनौ"?

     

    छोरा-"बाबा मैले त अघि नै भ्याइ सके त्यति थोरै पढ्ने र लेख्ने काम रहेछ स्कुलबाट मिसले आज पठाउनु भएको। तर मलाई पढ्न मन लाग्दैन खेल्न मात्र मन लाग्छ"।
    उसको ८ बर्षको छोरी तरकारी बारिमा देखा पर्छे।

     

    छोरी "बाबा! यो कोरोना लाग्छ भनेर स्कुल बन्द भयो ,घरमा बस्न पाएर कति रमाइलो भएको छ है"।
    बुवा -"तिमिलाइ रमाइलो लागेको छ घरमा बस्न पाएर"।

     

    छोरी -"हो नि बाबा"।
    बुवा -"त्यसो भए तिमि भाइलाई लिएर घर जाउ र मम्मुलाइ भनेर टिभी हेर्दै गर ,म तिमिहरुसङ साझ खेल्दै कुरा गर्छु है त"? "हुन्छ ,बाबा"! खुसीको आवाज गुन्जाउदै छोराछोरी घर लाग्छन्।

     

    उ आफ्नो काममा तल्लिन हुन्छ र दिनमा गर्नु पर्ने काम सकेर साझ घर फर्कन्छ। दिनभरिको काम अनि चैत बैशाखको घामका कारण थकाइ मार्न नुहाइधुवाइ सकेर आफ्नो कोठामा आराम गर्न प्रबेश गर्छ। बुवा घर आएको र कोठामा प्रवेश गरेको थाहा पाएर टिभी हेर्दाहेर्दै दुबै छोराछोरी उसको काखमा लुट्पुटिन आउछन।

     

    छोरी-"बाबा! तपाइँ आफ्नो स्कुलमा पढाउन कहिले जानुहुन्छ"?
    छोरा-"बाबा!अब हामिलाइ घरमै पढाउनु , है !
    बुवा -"साझ बिहान र बिदाको दिनमा पढाइ रहेकै त छु ।तिमिहरुलाइ त तिम्रो स्कुलको सर मिसले दिनमा पढाइ हाल्नु हुन्छ नि। म त मेरो स्कुलमा पढाउनु पर्छ नत्र राज्यको दान र मेरो भाग्यले पाएको जागिर छोड्नु पर्ने हुन्छ।अनि तिमिहरुलाइ राम्रो नाना र खाना किन्ने पैसा काहाबाट ल्याउने"?

    छोरा-"नाइँ बाबा हजुरले पढाउनु पर्छ"।

     

    बुवा -"किन र मैले नै पढाउनु पर्ने"?
    छोरी -"बाबा! हाम्रो स्कुलको सर मिससङ हामीलाई धेरै डर लाग्छ ? हजुरले र मामुले जति माया नै गर्नुहुन्न, उहाहरुले। आफ्नो काखमा पनि लिनुहुन्न। पढ,पढ् र लेख ,लेख भन्नु हुन्छ। हामीलाई कहिल्यै पनि कथा सुनाउनु हुदैन र खेलाउनु हुदैन ।अनि हामिलाइ कथा सुन्, खेल्न मन लागेको हुन्छ"

     

    छोरा-"मलाई पढ्ने बेला भोक लागेको हुन्छ, झोला भित्रको टिफिन बक्स हेर्दै सुघेर बस्छु", छोरा।
    छोरी-"हामिलाइ हाम्रो सर मिस नै मन पर्दैन। मात्र आफ्नो छोरीलाई माया गर्नुहुन्छ। हामिलाइ वास्तै गर्नुहुन्न"।
    छोरा-"हो, हो! हाम्रो कक्षामा पनि सरको छोरा छ। उसैलाई मात्र खेलौना दिनुहुन्छ अनि काखमा लिनुहुन्छ। हामी उसले खेलाएका खेलौना हेर्दै बस्छौं र सर मिसले हामिलाइ पढ र लेख मात्र भन्नुहुन्छ"।

     

    छोरी-"बाबा! हजुरले पनि त्यस्तै गर्नुहुन्छ र स्कुलमा ?। त्यस्तो गर्नु भयो भने हजुरलाई कसैले राम्रो मान्दैनन्। सबैलाई समान व्यवहार र अबसर दिनुपर्छ ,बाबा! जसरी हामिलाइ घरमा माया गर्नुहुन्छ ,खेल्नुहुन्छ, कथा सुनाउनु हुन्छ अनि घरमा हजुर हामी सङै बसेर लेख पढ् गरे जस्तै गर्नु होलानी है। हामीलाई सर मिसले पनि घरमा बाबा मामुले जस्तै माया गरेको मन पर्छ र मेरा साथिहरुलाइ पनि, तर उहाहरुले गर्नुहुन्न"।
    बुवा-"म त्यस्तो गर्दिन त,गर्छु नि?तिमिले भनेपछि गर्छु।"

     

    छोरी-"बाबा , मेरो साथी अन्जुको बाबा पन शिक्षक नै हो नि तर उहाले त तरकारिबारिमा काम कहिल्यै गर्नुहुन्न नि? साथिको बाबाले त घरमा केहि काम छैन भन्नुहुन्छ। हजुरले कामै सकिदैन भन्नुहुन्छ, हजुर मात्र कति गर्नुहुन्छ"?
    छोरा-"हो नि बाबा"!

     

    बुवा-"असल शिक्षक त्यो हुन्छ जो आफ्नो पेशाका साथै आफ्नो घरायसी काम गर्दै समाजमा नमुना प्रदर्शन गर्दछ र आफ्ना बाल बच्चाहरूलाई आफुले गर्ने हरेक कुराको सिकाइमा सहजीकरण गर्दछ"।
    त्यतिकैमा उसको श्रीमतिको साझको खाना तयार भएको आवाज आउछ र सबै जना खाना खान जान्छन्। खाना खान डाइनिङ टेबलमा बस्छन्।

     

    छोरा-"आज, त मिठो तरकारी रहेछ। के को तरकारी हो? मामु"
    आमा -"आज,आफ्नै बारिको फर्सिको मुन्टा र बेथेको तरकारी पकाएको नि"।
    बुवा- "बुझ्यौ त कुरा, आफ्नो बारिमा तरकारी लगाएर फलायो भने ताजा र मिठो तरकारी खान पाउने हुनाले मैले सधै साझ बिहान र बिदाको समयमा तरकारी बारिमै काम गर्छु"।

     

    आमा-"अब बैशाख १६ गते देखी बन्दाबन्दी खोकुलो हुन्छ रे? स्कुल पनि खुल्ने होला? तपाइँ माथी आफ्नो स्कुल जानु पर्छ। यिनिहरु आफ्नो स्कुल"।
    छोरा-"कोरोना आएर कति मजा भएको थियो। स्कुल जान परेको थिएन। सधै बाबा मामुसङ कुरा गर्न खेल्न पाएको थिए, कार्टुन हेर्न पाएको थिए ,बाबालाइ पानी पुर्याउन पाएको थिए। अब फेरि दुखका दिन आउने भए"।

     

    छोरि-"त्यो त हो नि, कती रमाइलो थियो सधै सङ्गै सबै जना हुदा!अनि बाबाले मिठो र ताजा तरकारीका लागी काम गरिरहदा, हामिले पनि सिक्ने थियौ खनजोत र गोडमेल गर्न अनि आमाले तरकारी बनाउदा हामी तरकारी काट्न र बनाउन सिक्ने थियौ। कपडा धुदा आफ्ना कपडा धुन सिक्ने थियौ। यस्तै धेरै कामको सिकाइ हुने थियो।यस्तै घरायसी ब्यबहारिक ज्ञानको सिकाइको अबसर लिने बेला स्कुलले बिधुतिय प्रबिधि मैत्री कक्षा भनेर हामिलाइ अलमल्याको छ नि बाबा । साथिहरु सरमिस अगाडी हुँदा त पढ्थेनन। खोइ कस्तो गरेका होलान् उनिहरुले। बाबा! हजुरले आफ्ना विद्यार्थीहरुलाइ प्रबिधि मैत्री बिधुतिय कक्षा लिनुहुन्न"?

     

    बुवा-"लिने त थिए नि बाबु! मेरा बिध्यार्थी र म,तिमीहरु र तिम्रा शिक्षकहरु जति भाग्यमानी पनि छैनौं किन कि मेरा बिद्यार्थहरु रहेको स्थानमा बिद्युत तथा रडियो र मोबाइल सेवाको सुबिधा पुगेको छैन। त्यसै माथी बिसयगत शिक्षक बिद्यालयमा पुगेका छैनन्। पुगे पनि राज्यको गलत निति पेशागत सघ, संगठन र महासंघका ब्यक्तिगत तथा राजनैतिक आस्था , राजनैतिक शक्ति र आर्थिक चलखेलका कारण अघिल्लो दिन नियुक्ति बुझि भोलि पल्ट सुबिधा सम्पन्न स्थानका घरपाएक स्कुलमा सरुवा हुने गरेका छन। यिनै कारण पाहाडी क्षेत्रका बिद्यालयहरु हरेक पक्षबाट जिर्ण अबस्थामा रहेको छ"।
    छोरी -"बाबा त्यस्तो ठाउ पनि छ र नेपालमा"।

     

    बुवा-"छ नि छोरी"
    छोरी -"बाबा, ति स्कुलहरुमा नियमित शिक्षकको उपस्थितका लागी अनिबार्य ५ बर्ष दुर्गम क्षेत्रमा शिक्षण गरे बापत योग्यता भएको अबस्थामामा बढुवा र ५/५ बर्षमा जिल्लान्तर सरुवा गर्ने र राज्यलाई शिक्षा सुधार योजना ,नितिका लागी तपाइहरुको महासङले बोल्दैन र? हजुरले शिक्षकको पेशागत सुरक्षाको लागी बर्सेनि लेबि तिरेको छु भन्नु हुन्थियो त?।"

     

    बुवा -"हालसम्म नेतृत्वले काम गरेकै छौ भन्छन। शिक्षक तथा बिद्यालय कर्मचारिका १४ वटा पेशागत सस्थाको छाता संगठन शिक्षक महासघ छ ।बारम्बार नेतृत्वलाई पेशागत मुद्दाको कुरा उठाउदा काम हुदै छ भन्छन् ।सुनेको थिए २/३ को सरकार समर्थक अध्यक्ष छन अब त सबै मुद्दा समाधान हुन्छन् भनेर तर आन्दोलन घोषणा गर्छन् , सडक आन्दोलन १०० मिटर अगाडि बढाउन सक्दैनन बार्ता सुरु हुन्छ १८ महिना सम्म बार्ताको निस्कर्स निकाल्न सक्दैनन्।

     

    बार्ता र पेशागत मुद्दा स्थापनाका लागी २४ घन्टे अल्टिमेटम दिएर २४ घन्टा नबित्दै शिक्षा मन्त्रालयको सुबिधामा २१ दिने बिदेश भ्रमणमा शिक्षक महासंघका पदाधिकारी जान्छन्। आम शिक्षकहरुलाइ पुरानो पोशाक परिबर्तन गरि नया पोशाक परिबर्तन गर्ने हल्ला गर्दै चोर बाटोबाट शिक्षक महासंघको बिधान परिबर्तन भएछ त्यो पनि पेशाबाट बाहिरि सकेको ब्यक्तिलाइ अध्यक्ष कायम राख्न। के गर्ने शिक्षक कै मति बुद्धि यस्तो छ अनि पेशा मै नरहेको ब्यक्तिलाइ अध्यक्ष स्वीकार गर्ने मानसिकता बोकेकाहरुबाट पेशागत मुद्दा स्थायित्व त परै जाओस बिद्यार्थिले के सिक्लान? यस्तै छ छोरी के गर्नु त्यसै माथी हामी शिक्षक १८ थरिका शिक्षक छौ"।

     

    छोरी -"हा,हा हा बाबाले लाजै नमानी शिक्षकहरुको कमजोरी मलाई सुनाउनु भयो। मैले त नारी पुरुष गरि २ थरी लिङ्गिय रुपमा र तहगत रुपमा आधारभुत र माबी गरि २ थरी शिक्षक हुनुहुन्छ होला भन्ने बुझेको थिए। तर गाइजात्रा पो देखियो! शिक्षकहरुमा। शिक्षक भएर तपाइँहरु आफ्नै पेशागत समस्या समाधानमा कमजोर हुनुहुदो रहेछ।कसरी आम बिद्यार्थीको सिकाइमा सहजीकरण गर्नुहोला? बच्चा नरोएसम्म आमाले दुध पिलाउदैन आफै भन्ने अनि हजुरहरु सुतेर बस्ने यही निस्कृयताले यस्तो भएको हो।बाबा तपाइँ अब नेतृत्वमा आउने प्रयास गर्नुहोस्। जबसम्म शिक्षक संतुष्ट हुदैन उसले कसरी पढाउन सक्छ। हजुर बुवाले भन्नु हुन्थियो जस्तो तिम्रो तिहुन ताउन उस्तै हाम्रो सिउन साउन भन्छ दर्जिले भनेर। यो सरकार शिक्षकका लागी अभिभावक हो नरोएसम्म खाना नदिने यसको चरित्र नै हो नि ,बाबा!"

     

    बुवा- "तिम्रो कुरा ठिकै हो छोरी म यतिकैमा रमाउछु अब म एक्लैले केही हुदैन नेतृत्वमा पुग्न झुट्को खेती , पैसा खर्च , आफ्नो बिचार समुहको मुल नेतृत्वको तलुवा चाट्नु पर्छ जो कुरा मबाट सम्भब छैन। बाबुनानीहरु ठुलो मान्छे बन्न धेरै पढ्न पर्छ।ब्यबहारिक ज्ञानका साथै औपचारिक शिक्षा हुन जरुरी छ।त्यसैले घरमा घरायसी काममा आमा बाबालाइ सघाउदै बिद्यालय नियमित जान पर्छ ,सधै खेलेर मात्र हुदैन"।

     

    छोरी- " हजुर ले धेरै पढ्नु भएको होइन र ? स्कुल पढाउनु पनि हुन्छ खेतबारिमा पनि काम गर्नुहुन्छ अनि। बुवा-"हो छोरी शिक्षक भए पछि समाजका विभिन्न पेशा गर्ने मानिसले गर्नु पर्ने काम जान्नु पर्ने नै हुन्छ।किनकि शिक्षक भए पछि म जस्तै ग्रामिण क्षेत्रमा पढाउन जान पर्यो भने त्याहाको समाज परिबर्तनका लागी नेतृत्वदायी भुमिका निर्बाह गर्नु पर्छ। किनकि मानिस सुबिधा भोगी भएका कारण पढेलेखेका धेरै मानिस शहरमुखी बनेका छन। गाउमा अत्याधिक कृषीमा निर्भर भएका मानिस छन। कृषीबाट आफ्नो पेट बर्षदिन भर्न नसक्नेहरु भारतको काला पाहाड र खाडी मुलुकमा आफ्नो रगत पसिना बगाउन बाध्य छन।

     

    दुर्गम पहाडी क्षेत्रमा निजामती कर्मचारीको पनि उपस्थित कमजोर रहने भएको हुँदा बिरामी उपचार गर्नु पर्ने पनि हुन्छ त्यसैले डाक्टर बन्नु पर्ने हुन्छ। स्कुल लगाएत गाउघरमा भएका झैझगडा पनि मिलाउनु पर्ने भएकोले वकिल पनि हुनुपर्छ ।गाउघरमा सहकारी सम्बन्धि शिक्षा दिनु पर्ने भएकाले सहकारी कर्मि पनि बन्नु पर्छ।

     

    घर बनाउने सम्बन्धमा अभिभावक सल्लाह लिन आउने भएको हुँदा इन्जिनियर र अमिन पनि बन्नु पर्छ।गाउघरमा बस्तु साटासाट पनि हुने भएकोले ब्यापारी पनि बन्नु पर्छ अनि अत्याधिक मानिसहरु कृषी पेशामा निर्भर भएकोले आधुनिक प्रबिधिबाट कृषी सिकाउन कृषि शिक्षक पनि बन्नु पर्छ। त्यस्तै सुचना

     

     

     

     

    सन्चारको लागि पत्रकारको भुमिका पनि निभाउन सक्नु पर्छ।त्यसैले शिक्षक पेशा भनेको सक्रिय पेशा हो"।
    छोरी-"खोइ बाबा शिक्षक बन्न गाह्रो भएर हो कि हाम्रो स्कुलमा त सर मिसहरु महिनैपिच्छे बदलिरहनु हुन्छ"।
    छोरा- " बाबा म धेरै पढेर शिक्षक चाहिँ बन्दिन किन भने शिक्षक भए पछि धेरैले कुरा जान्नु पर्ने रहेछ बरु म त नेता बन्छु ,धेरै पढ्न नपर्ने, पढेलेखेकालाई आफ्नो मातहतमा काम गराउन सकिने।आफै नितिनियम बनाएर आफ्नो अनुकुल प्रयोग गर्न सकिने, हा हा"।
    बुवा-"छोरी तिमि के बन्ने"?

     

    छोरी-"म त शिक्षक नै बन्ने किन कि शिक्षककै पेशागत संघ संगठनका नेतृत्व नै सामुहिक पेशागत स्वार्थ भन्दा ब्यक्तिगत स्वार्थ र राजनैतिक रुपमा निश्चिति बिचार समुहको हल्ल्लुड र भजन मंडली भएको कारण यस्तै प्रवृत्ति रहिरहे पेशागत रुपमा शिक्षक समाज तथा रास्ट्रको अगुवा भए पनि आफ्नो स्तर र क्षमता आफैले पहिचान गर्न नसक्ने भएको हुँदा समाजमा अपहेलित पेशाको देखिन आएको छ। यिनै गलत प्रबृत्ति हटाउन राष्ट्र र

     

    समाजलाई नया कार्यशैली र योजना अनुसार हिडाउन राष्ट्र निर्माणका लागी विभिन्न क्षेत्रमा आबश्यक निति निर्माण र योजना को गाउ गाउ बस्ती बस्तिमा पुर्याउन सानै उमेर देखी नेपाली जनमा रास्ट्र निर्माणमा विद्यार्थीको मस्तिष्क भर्न साथै शिक्षकहरुमा एकता तथा आफ्नो क्षमताको प्रस्फुटन गरि समाज तथा रास्ट्रमा भैरहेका क्रियाकलापहरु सेतोलाइ सेतै र कालोलाइ कालै भन्ने क्षमताको बिकास गराउदै सम्पुर्ण नागरिक तथा राज्य संचालक भन्दा माथिल्लो दर्जामा शिक्षक बर्ग रहन्छ भन्ने कुराको बिश्वास दिलाउदै शिक्षकलाई आर्थिक ,भौतिक तथा नैतिक रुपमा सम्मानित पेशाको रुपमा दर्ज गराउन सफल हुने नै छ त्यसैले म शिक्षक नै बन्ने छु"।
    बुवा-"छोरी तिमि धन्य छौ"।

     

    त्यति कै मा हावाहुरीका कारण बिधुत लाइन जान्छ ।छोरा सुति सकेको हुन्छ भने बाबु र छोरी सुत्ने तर्खर गर्छन।

    (लेखक अनन्त राज पन्त भैरब माध्यमिक बिध्यालय चिङ्गाड ५ अवलचिङ ,सुर्खेत का शिक्षक हुन ।)

    (यो लेखकको निजी विचार हो । यसमा रातोकलमको सम्पादकीय नीति प्रतिविम्वित छैन। हामी सबैखाले विचारको सम्मान गर्छौं-सम्पादक)

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…