• विराटनगर १३ माघ /पुरुषोत्तम धनकुमारी चापागाई स्मृति कोषले आज विराटनगरमा एक कार्यक्रम आयोजना गरि दुइजनालाइ सम्मान गरेको छ ।

    सम्मानित हुनेमा पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष बिक्रम निरौला र साहित्यकार मेनुका चापागाई रहेका छन । दुवै जनालाइ जनही १० हजार १ सय ११ रुपैया नगद सहित सम्मानपत्र प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ साहित्यकार दधिराज सुवेदी र संस्थाका अध्यक्ष माधव अत्री , तारा भूर्तेललगायतले उनीहरुलाइ सम्मान गरेका हुन् ।

    पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा साहित्यकार दधिराज सुवेदी , कविराज न्यौपाने , दिनेशराज सुवेदीलगायतले संस्थाको परोपकारी कामका अतिरिक्त सम्मान कार्यक्रमको प्रशंशा गरे । अत्री परिवारले आफना स्वर्गिय बुबा पुरुषोत्तम र धनकुमारी चापागाईको स्मृतिमा पुरस्कार स्थापना गरेका हुन् । यसअघि सो संस्थाले विराटनगरका विभिन्न सरकारी स्कूलका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाइ शैक्षिक सामग्री , न्यानो कपडा र छात्रवृति प्रदान गर्दै आएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…