•  

     

    दमक/ झापाको दमक र बाह्दशीमा गरेर २ जनामा कोरोना पोजेटिभ देखिएको छ । जो क्वारेन्टाइनमा बसेका थिएनन् । उनिहरु निस्फिक्रि हिडडुल गरेका थिए । यसले जोखिमको घेरामा दमक र बाह्दशी रहेकाछन् ।

    दमकमा आइतवार गरिएको आरडटी परीक्षणमा देखिएको केहि शंकाश्पद नमुनाबाट डराउने भन्दा पनि शर्तक रहन सन्देश दिएको छ ।

    यद्यपी धेरै ठाँउमा आरडीटी परीक्षणमा शंकाश्पद देखिएकाहरु स्वाब परीक्षणमा नेगेटिभ देखिएकाछन् । आरडीटी नेगेटीभ देखिएकाहरुमा स्वाब परीक्षण पोजेटिभ पनि देखिएको छ । यो झापाकै पछिल्लो घटनाले पनि पुष्टि गरेको छ ।

    बाह्दशीका एक जमातीमा दूइ पटकको आरडीटी नेगेटिभ देखिएको भएपनि पछिल्लो स्वाब परीक्षणले उनको कोराना संक्रमण पुष्टि भयो ।

    जो प्रत्यक्ष रुपमा सक्रमितको परिवारमा थिए त्यहि परिवारका अन्य सदस्यहरुको हिडडुलले यसको चेन बढ्ने देखिन्छ ।

    अझ बाह्दशीका कोराना संक्रमित आफै राहत बाँडन हिडेको र बजार समेत बारम्बार आएको जनाईएको छ । दूइ पटक आरडीटी नेगेटिभ र एक पटक पिसिआर पनि नेगेटिभ आएकाले उनको हिमचिम धेरैसंग भएको हुनसक्छ ।

    प्रारम्भिक परीक्षणको वास्तविकता लु्काउनभन्दा पनि बाहिर ल्याएर आम नागरिकलाई सचेत गराउन आवश्यक रहेको छ ।

    सम्भावित जोखिम र यसबाट बचाउनका लागि पर्याप्तमात्रामा जाँचका लागि आवश्यक कीटहरु स्थानीय तहलाई उपलब्ध हुनुपर्दछ ।

    भारतमा महामारी फैलिएको अवस्थामा आफन्तहरु लुकिछिपी नेपाल भित्रनु स्वभाविक हो । अहिले त सिमामा कडाई गरिएको छ त्यो भन्दा अघि भित्रिएकाहरु पनि निगरानी सबैले बढाउन जरुरी छ ।

    किनभने एकदेखि डेढ महिना अघि नै नेपाल आएका तथा होम क्वारेन्टाइनमा बसेका भनिएकाबाट समेत रोगको संक्रमण फैलिएको पाईन थालेको छ ।

    दमकमा छोरा विदेशबाट आएका थिए तर बाबुमा कोरोना संक्रमण पुष्टि भयो । उनका परिवारका सदस्यहरु अहिले पनि शंकाको घेरामा रहेकाले आइसुलेसनमा रहेकाछन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…