• (फिदिम)/१३ माघ
    लिम्बू समुदायको पारिवारीक/धार्मिक कार्यहरुमा प्रदर्शन गरिने नृत्य ‘केलाङ’ (केलाःङ्)को अन्तर्राष्ट्रिय महोत्सव पाँचथरको फिदिममा हुने भएको छ ।

    भाषा, संस्कृति र साहित्यले सम्पन्न लिम्बू समुदायको यो मौलिक नृत्य तथा केलाङ नृत्यमा प्रयोग गरिने च्याब्रुङ ‘के’ को संरक्षण र विकासका लागि महोत्वस आयोजना गर्न लागिएको हो । अन्तर्राष्ट्रिय मातृभाषा र प्रजातन्त्र दिवसको अवसरमा पाँचथरको फिदिममा महोत्सव २०७४ आयोजना गरिने भएको हो ।

    फिदिम माध्यमिक विद्यालयको खेल मैदान फिदिममा फागुन ७ गतेदेखि ९ गतेसम्म आयोजना महोत्सव गरिएको ‘अन्तर्राष्ट्रिय केलाःङ महोत्सव–२०७४’ को मूल समारोह समितिले विहीबार फिदिममा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । फागुन ७ गते महोत्सवका सहभागीहरुलाई उपस्थिति गराउने, ८ गते साँस्कृतिक झाँकी सहित केलाङ प्रदर्शन गर्ने र ९ गते केलाङ सम्बन्धि कार्यपत्र प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

    महोत्सवमा भारतको सिक्किम र दार्जिलिङ, पूर्वी नेपालका विभिन्न जिल्लाहरु तथा राजधानी काठमाण्डौँबाट केलाङ क्लबहरुले प्रस्तुती गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा एक हजार ओटा च्याब्रुङको प्रदर्शनी र एक सय भन्दाधेरै समूहहरुको केलाङ प्रदर्शन गर्ने लक्ष्य लिइएको मुल आयोजक समितिका सचिव मधुराज केरुङले वताए ।

    केलाङको आफ्नै ऐतिहासिकता, नीति र प्रयोगको नियम रहेको जानकारहरु वताउँछन् । केलाङको उत्पत्तिका विषयमा भने लिम्बू समुदायका जानकारहरुका विचमा मतान्तर रहँदै आएको छ । केलाङ विभिन्न जनावर, पशुपंक्षीको अभियन गर्दै समेत नाच्ने गरिन्छ । केलाङ नृत्यमा परिवेशअनुसार च्याब्रुङको ताल फरक हुन्छ । लिम्बू जातिले शताब्दीऔँ अघिदेखि नाँचिदै आएको केलाङलाई व्यवस्थित गर्न केलाङ तथा लिम्बू भाषा, संस्कृतिको क्षेत्रमा सक्रिय संघ संस्थाहरुले प्रयास समेत गर्दै आएका छन् । यद्यपी राज्यले लगानी र संरक्षणका लागि चासो र तदारुकता नदेखाएको उनीहरुको गुनासो छ ।

    पश्चिमा संस्कृतिले आदिवासी जनजातिका मौलिक संस्कृतिहरु लोप हुने अवस्था सिर्जना हुँदै गएपछि लिम्बू समुदायका युवा युवती केलाङ संरक्षणमा जागरुक बन्न थालेको लिम्बू भाषा, संस्कृतिको क्षेत्रमा क्रियाशीलहरुको भनाई छ । तर, राज्यले लगानी नगर्दा समुदाय स्तरको प्रयासले ठोस उपलब्धि हाँसिल गर्न नसकेको उनीहरुको दुखेसो छ ।

    केलाङको विकास र संरक्षण गर्ने, च्याब्रुङको संख्या बढाउने, लिम्बू समुदायका मौलिक भेषभुषाको प्रदर्शनी र संरक्षण गर्ने, लिम्बू समुदायका मौलिक परिकारहरु पाइने स्टलहरुको प्रदर्शन गर्ने, जातीय ऐतिहासिकता झल्कन पुस्तकको प्रदर्शनी राख्ने, प्रत्येक लिम्बू परिवारमा एक च्याब्रुङ राख्ने अवधारणाको कार्यान्वयनमा सहयोग पु¥याउने तथा पाँचथर सहित पूर्वी पहाडको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो ।



    केलाङ साँस्कृतिक समाज पाँचथर मूख्य आयोजक तथा किरात याक्थुङ चुम्लुङ पाँचथर आयोजक रहेको महोत्सवका सह–आयोजकहरुमा याक्थुङ प्रज्ञा प्रतिष्ठान, लिम्बू भाषा विकास संस्था, लिम्बू चलचित्रकर्मी संघ र लिम्बुवान स्टडी सेन्टर छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…