• काभ्रे । काभ्रेपलान्चोक जिल्लाको रोशी गाउँपालिका–१ स्याउरिमा २८५४ औं सोनाम ल्होछार कार्यक्रम एक भब्य समारोहका बिच मनाइएको छ ।
    रोशी गाउँपालिका प्रमुख डिबि लामाको प्रमुख अतिथ्यमा सम्पन्न भएको उक्त ल्होछार सांस्कृतिक कार्यक्रममा बिशेष अतिथी पुर्व तथा संस्थापक साउदी घेदुङ अध्यक्ष एवम् नेपाल तामाङ घेदुङ नेपालका कन्द्रीय सदस्य बिगेन्द्र सिंह वाईबा तथा अन्य अतिथिहरुमा गाउँपालिकाका समाजसेवी तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

    रोशी गाउँपालिकाको स्याउरी,पटुवाल र पांगु तीन गाउँ मिलेर सयुक्त रुपमा ल्होछार समारोहको आयोजना गरिएको ल्होछार सांस्कृतिक समारोहमा चर्चित राष्ट्रिय कलाकारहरु विशाल काल्तान, जितु लोप्चन, अस्मा लोप्चन, प्रयास दोङ, कार्यक्रम सन्चालक मिकसाङ वाईबा लगायत स्थानीय कलाकारहरुको प्रस्तुतीले कार्यक्रममा रौनकता संगै दर्शकदिर्घालाई मनोरञ्जन दिलाएको थियो ।
    तामाङ समुदायको महान राष्ट्रिय सांस्कृतिक पर्व २८५४ औं सोनाम ल्होछार (खि ल्होरनागी, कुकुर बर्ग ) अवसरमा देश तथा बिदेशमा विभिन्न भब्य कार्यक्रम गरि तामाङ समुदायले सोनाम ल्होछार मनाइदै आइरहेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…