• युबराज रेग्मी /
    बैसाख १७,
    झापा /
    गौरादह नगरपालिकामा दोस्रो चरणको राहत बितरण कार्य आज बैसाख १७ गते बाट सुरु गरिएको छ । कोरोना भाइरसको सन्त्रासका कारण जीवन गुजारामा प्रभाबित भएका गौरादह बासिलाई राहत बितरण गरिएको हो ।

     

    राहत बितरण कार्यक्रम अन्तरगत आज वडा न ३ का विभिन्न टोल बिकास समिती मार्फत राहत सामाग्री बितरण गरिएको छ । राहत सामाग्रीमा अत्यावश्यक खाध्यान चामल दाल नुन र खानेतेल बितरण गरिएको हो ।

     

    राहत बितरण लाई पारदर्शी बनाउन वडा कार्यलयले सर्बपक्ष टोल समिती निर्माण गरि सोही समिती मार्फत राहत बितरण गरेको छ । राहत बितरणको समयमा नगरको उच्चस्तरिय राहत संकलन तथा अनुगमन समिती द्वारा आवस्यक अनुगमन कार्य गरेको थियो ।

     

    उच्च स्तरिय समितिका संयोजक सहित सह-सम्योजक तथा नगर उप-प्रमुख गिता भेटवाल , नेकपा नगर अध्यक्ष मित्रदेब काफ्ले, नेका नगर सभापती यादब राज सेडाइ , राप्रपा अध्यक्ष सान्तिराम पौडेल वडा न ३ का वडा अध्यक्ष गजेन्द्र घिमिरे पत्रकार सन्तोष बिस्ट लगायतको टोलिले राहत बितरण केन्द्र हरुको अनुगमन गरेको थियो ।

     

    अनुगमन समितिले बितरण कार्यमा भएका सामान्य कमि कमजोरिलाई न्युनिकरण गर्न सम्बन्धित वडाका वडा अध्यक्ष तथा टोल समती लाई निर्देसन समेत दिइएको छ ।

     

    अन्य वडा अन्तरगत यो समाचार तयार पार्दा सम्म वडा न १ , ५,र ९ मा राहत सामग्री पुर्याउने कार्य भैरहेको छ ।
    नगरपालिकाले पहिलो चरणमा ३२ सय २९ घर परिवारलाई राहत वितरण गरेको थियो भने, दोश्रो चरणमा ६ हजार ५ सय ८५ परिवारलाई राहत वितरण कार्य शुरु गरेको नगर प्रमुख रोहित कुमार शाहले बताए ।

     

    नगरपालिकाले पहिलो चरणमा समान दरले राहत वितरण गरेको थियो भने दोश्रो चरणमा संघीय सरकारले तयार गरेको मापदण्ड अनुसार परिवार संख्याका आधारमा राहत वितरण गर्न थालिएको नगरप्रमुख शाहले बताए ।

     

    राहत सामाग्री अन्तरगत दुईजना सम्म व्यक्ति भएको परिवारलाई १० किलो चामल १ किलो दाल १ किलो नुन र १ लिटर खाने तेल , पाँच जनासम्मको परिवारलाई २० किलो चामल १ किलो दाल १ किलो नुन र पाँच जनाभन्दा बढी ब्यक्ती भएको परिवारलाई ३० किलो चामल १ किलो दाल १ किलो नुन र १ लिटर खाने तेल प्रदान गर्ने निर्णय कार्यपालिका बैठकले गरेको थियो ।

     

    टोल विकास संस्था र दलका प्रतिनिधिसमेतको समन्वयमा संकलन गरिएको लगतको आधारमा लक्षित घर परिवारलाई दोश्रो चरणको राहत वितरण सुरू गरिएको नगरपालिकाले जनाएको छ ।आज ३ न वडा अन्तरगत ४ सय ६८ परिवार लाई ६ वटा टोल बिकास समिती मार्फत राहत सामाग्री बितरण गरिएको वडा अध्यक्ष गजेन्द्र घिमिरेले बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…