• इटहरी  । बुद्ध चेम्जोङले एक मात्र निर्णायक गोल गरेपछि रुस्लान थ्रीस्टार क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण मदन भण्डरी स्मृति इटहरी गोल्डकपको उपाधि जित्न सफल भएको छ । इटहरी रंगशालामा शनिबार सम्पन्न रोमाञ्चक फाइनलमा थ्रीस्टारले मनाङ मस्र्याङ्दी क्लबलाई शून्यकाविरुद्ध १ गोलले हराउँदै उपाधिसहित नगद १२ लाख जितेको हो ।

    फाइनलका म्यान अफ द म्याच बुद्ध चेम्जोङ ।

    शनिबार पहिलो हाफको ३७ औं मिनटमा बुद्ध चेम्जोङले गरेको एक मात्र गोल थ्रीस्टारलाई उपाधि जिताउन प्रर्याप्त बन्यो । चेम्जोङ फाइनल खेलको म्यान अफ द म्याच समेत घोषित भए । घरेलु फुटबलमा फर्किए लगतै थ्रीस्टारले यो पहिलो उपाधि समेत हो । त्यस्तै उपविजेता बनेको मनाङले भने ७ लाखमा चित्त बुझाएको छ । प्रतियोगिताकै उत्कृष्ट खेलाडी थ्रीस्टारका अनन्त तामाङ घोषित भए । उनले २५ हजार नगदसहित ४३ इन्चको टिभी समेत हात पारे । त्यस्तै उत्कृष्ट गोलरक्षक पनि थ्रीस्टारकै एलन न्यौपाने घोषित भए भने उत्कृष्ट डिफेन्डर मनाङका बिराज महर्जन घोषित भए ।

    उत्कृष्ट खेलाडी थ्रीस्टारका अनन्त तामाङ ।

    त्यसैगरी उत्कृष्ट मिडफिल्डर मनाङका हेमन गुरुङ घोषित भए भने उत्कृष्ट फरवार्ड थ्रीस्टारका अजयी मार्टिन्स घोषित भए । प्रतियोगिताको उदयीमान खेलाडी आयोजक राष्ट्रिय जागृति क्लबका बिजय राई घोषित भए भने सर्वाधिक गोलकर्ताको पुरस्कार समान ३–३ गोल गरेका अजयी मार्टिन्स, सुजल श्रेष्ठ र कर्ण लिम्बुले संयुक्त रुपमा हात पारे । उत्कृष्ट प्रशिक्षक भने थ्रीस्टारका मेघराज केसी घोषित भए । उत्कृष्ट व्यक्तिगत बिधातर्फका सबैले २०–२० हजार हात पारे । राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा सम्पन्न प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी कुल ८ टोलीहरुको सहभागिता रहेको थियो ।

    उत्कृष्ट डिफेन्डर मनाङका बिराज महर्जन ।

    उत्कृष्ट मिडफिल्डर मनाङका हेमन गुरुङ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…