• काठमाडौं, १९ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका प्रदेश ईन्चार्ज पृथ्वी सुब्बा गुरुङले पार्टीभित्र अहिले देखिएको संकटको समाधान गर्न सकिन्छ र त्यसमा आफ्नो पनि केही भूमिका हुन्छ कि भनेर काठमाडौं आएको स्पष्ट पारेका छन् ।

    उनले आफूले काठमाडौं आउनेबित्तिकै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेको पनि जानकारी दिए । बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव किन राख्नुभयो भनेर नसोधेको पनि सुनाए । उनले भने,”हाम्रो पार्टीका शीर्ष नेताहरु केपी ओली दुई पटक प्रधानमन्त्री भैसक्नुभयो, प्रचण्डजी दुई पटक प्रधानमन्त्री भैसक्नुभयो ।

    माधव कमरेड पनि प्रधानमन्त्री भैसक्नुभयो, झलनाथ खनाल पनि प्रधानमन्त्री भैसक्नुभयो । समकालिन नेतामा प्रधानमन्त्री हुन बाँकी रहेको नेता वामदेव मात्रै हो । मैले छोड्नुपर्यो भने दोहोर्याई, तेहर्याई किन गर्ने, त्यही भएर उहाँले वामदेवलाई बनाउन भनेर भन्नुभयो । यो आफैंमा केही न केही कुरा उहाँले सोचेर भन्नुभएको होलाजस्तो लाग्छ मलाई । यसबारेमा मेरो उहासँग कुरा भएन् ।”

    उनले जनताको म्याण्डेट नहेर्ने, पार्टीको म्याण्डेट नहेर्ने, चुनावमा हामीले गरेको कमिटमेन्टको आधारमा पाएको भोट नहेर्ने, पालो पुर्याउने ढंगले प्रधानमन्त्रीले पद छोड्नुपर्यो अध्यक्ष छाड्नुपर्यो भन्ने ढंगल कुरा गर्नु गलत भएको टिप्पणी गरे । उनले भने,”वामदेव कमरेड प्रधानमन्त्री बन्नको लागि कानूनी र संवैधानिक जटिलता छन् ।

    अगाडि त काँडाको झाडी छ नि । त्यो झाडी नफाँडीकन उहाँलाई प्रधानमन्त्रीको बाटो खुल्दैन्। मार्गप्रशस्त हुँदैन् ।” उनले वामदेवलाई प्रधानमन्त्री बनाउँछु भनेर ओलीले अवसरवादलाई व्यंग्य गरेको टिप्पणी गरे ।

    प्रधानमन्त्री ओलीको राजीनामा माग्दैमा देशको सबै समस्या समाधान हुन्छ त ? भन्दै उनले राजीनामा माग्ने आफ्नै पार्टीका नेताहरुलाई प्रश्नसमेत गरे । उनले भने,”उसको जुंगा तोड्न, सेखी झार्नको लागि, उसको जुरो झार्नलाई या आफूले पनि पालो पाउनुपर्यो भन्नलाई, यो बाहेक कुनै अर्को तर्क छ भन्नु न रु त्यो तर्कको पनि उत्तर हो भन्छु यो कुरा।”

    https://youtu.be/8cFiXHl2dzs

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …