• युबराज रेग्मी
    १९ बैशाख ,झापा / झापा जिल्लाको घरेलु उध्योग कार्यालय र नापतौल कार्यालयका कर्मचारीहरु नै कोरोना सन्त्रासको संक्रमणकालमा सामाजिक दुरिलाई बेवास्था गर्दै बजार अनुगमनमा निस्किने गरेको भेटिएको छ ।

     

    आज सुक्रबार गौरादह नगरपालिकाका बजारहरुमा रहेका पसलहरुको अनुगमनमा भेटिएका अधिकारहरुनै सामाजिक दुरि तोड्दै अनुगमनमा निस्किएको भेटिएका छ्न । यश दृस्यले जिल्लाका अधिकारी हरुनै सामाजिक दुरिबारे अनभिज्ञ रहेको पाइएको छ । खाद्यान्न पसल अनुगमन गर्दा अधिकांश पसलमा मूल्य सूची राख्न निर्देसन दिने जिल्लाका कर्माचारी हरु आफ्नै कार्यालयले जारी गर्नुपर्ने सुचनाहरु सार्बजनिक गर्न बाट चुकेको पाइएको छ ।

     

    जिल्ला स्तरीय आपूर्ति ब्यबस्थापन अनुगमन नियन्त्रण समितिले शुक्रबार गौरादह बजारका होलसेल खाद्यान्न पसल अनुगमन गर्दा अधिकांश पसलमा मूल्य सूची राख्न निर्देसन दिदै गर्दा जिल्लाका अधिकारी हरुले भने आफ्नो वेब साइट अप्डेटेड नभएको स्विकार गरेका छ्न । गत मङलबार जिल्ला समन्वयको बैठक बाट निर्णय गरि झापा जिल्लाका अत्यावश्यक पसलहरु कोरोना सन्त्रासको समयमा बिहान ८:०० बजे देखि ११:०० बजे सम्म खोल्ने निर्णय भएको बताउदै गर्दा उक्त सुचना हाल सम्म जिल्लाको सम्बन्धित वेबसाईटमा राखिएको पाइदैन ।



    उपभोक्ताहरु ब्यापारी व्यवसायीहरुबाट ठगिने जोखिमबाट बचाउन समय समयमा बजार अनुगमन आवश्यक भएको भन्दै बजार अनुगमन नियन्त्रण समितिले झापाका बजार अनुगमन गर्ने गरेको बताउने कर्मचारीहरु बजार अनुगमनमा बिभेदित ढंगबाट प्रस्तुत हुने ब्यपारीहरुको गुनासो पाइएको छ ।



    अनुगमन तथा निरीक्षणमा निस्किएका झापा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी राज कुमार राई बिना परिचय पत्र अनौपचारिक पोसाकमा अनुगमनमा भेटिएका थिए । राइको नेतृत्वमा गरिएको अनुगमनमा घरेलु उद्योग कार्यालय झापाका प्रमुख छबिलाल खतिवडा सहित
    घरेलु उद्योग कार्यलय झापा, नापतौल कार्यालय झापा जिल्ला प्रहरी कार्यालय र गौरादह उद्योग बाणिज्य संघका प्रतिनिधिहरु अनुगमन तथा निरीक्षणमा रहदा पसल हरुलाइ ब्यक्तिगत दुरि कायम गर्न निर्देशन दिदै गर्दा आफुहरुनै ब्यक्तिगत दुरि पालना गर्नबाट चुकेका थिए ।

     


    गौरादह क्षेत्रका बजारहरुमा ब्याबसाय गर्ने ब्यापारीहरुमा प्रशिक्षणको कमि भएको बताउने उद्योग बाणिज्य संघ गौरादहका नब नियुक्त अध्यक्ष जे.बि. कार्की जिल्लाको सुचनाहरु बारे अनभिज्ञ रहेको बताउछ्न । हाल बाणिज्य संघमा कुनै कर्मचारी कार्यरत नरहेको र संघले हालसम्म सुचनाको माध्यम प्रयोग नगरेको स्विकार्दै स्थानियहरु सुचना बाट बिमुख भएको उनी स्वीकार्छ्न । बन्दाबन्दिको समयमा अत्यावश्यक पसलहरु खुल्ला हुने अबधी पटक पटक परिबर्तन गरिदा स्थानियहरुमा अन्योलता कायमै रहेको छ । हालसम्म जिल्लाका अधिकाम्स वेब साइटहरुमा कुनै सुचना तथा जानकारीहरु अप्लोड नगरिदा जिल्लाका वेब साइट हेर्दा जिल्लाका सुचना प्रबिधिका कर्मचारि हरुनै निदाएको आभास पाइन्छ !

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…