• कास्की, २० वैशाख :
    पोखरा महानगरपालिका-१० उत्तम मार्ग डेरा गरी बस्ने ३९ वर्षीय मन बहादुर गुरुङको कोठामा जुवातास खेलिरहेका ११ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट नगद ८० हजार ५० रुपैयाँ र ४ बुक तास वरामद भएको छ ।

    पक्राउ पर्नेहरुमा निज मन बहादुर गुरुङ, पोखरा महानगरपालिका-१५ गितामार्ग बस्ने ४६ वर्षीय बम बहादुर पुन, पोखरा महानगरपालिका-१० बुद्धचोक बस्ने ३० वर्षीय रमेश पुन मगर, पोखरा रामबजार बस्ने ३० वर्षीय प्रवेश पुन, ३६ वर्षीय बल बहादुर गुरुङ, ३७ वर्षीय अशिष पुन, ४८ वर्षीय गंगा लामा, २९ वर्षीय गुमान गुरुङ, ३८ वर्षीय रविन थापा, पोखरा महानगरपालिका-१५ फलेपाटन बस्ने ४० वर्षीय सोभित गुरुङ र पोखरा महानगरपालिका-१० बस्ने ३४ वर्षीय कुल बहादुर थापा रहेका छन् ।

    उक्त कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

    न्यूज अभियान 

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …