• उर्लाबारी । उर्लाबारी–९ दुर्गापुरीमा बैशाख २२ सोमबार बृहत रक्तदान हुने भएको छ । नेपाल रेडक्रस सोसाईटी उर्लाबारी र नारी संकल्प बचत तथा ऋण सहकारी संस्था उर्लाबारीको. संयुक्त आयोजनामा दुर्गापुरीको अरनीको मावि परिसरमा हुने भएको हो ।

    सहकारीको १४ औ स्थापना दिवसका अवसरमा सामाजिक क्षेत्र अन्र्तगत रेडक्रस सगँको साझेदारीमा रक्तदान कार्यक्रमको आयोजना गरीएको साकोसकी अध्यक्ष सिता कार्कीले बताएकी छिन् । लकडाउनको अवधीमा मुलुकभर रक्तदान कार्यक्रम न्यून संख्यामा हुदाँ अस्पतालहरुमा रगतको .अभाव भएकोले सहकारी सगको साझेदारीमा रक्तदान कार्यक्रमको तयारी गरीएको नेरेसो उर्लाबारीका कोषाध्यक्ष गणेश खत्रीले बताएका छन ।

    उक्त कार्यक्रमलाई बृहत किसीबाट सम्पन्न गर्न लायन्स क्लब अफ उर्लाबारी, राजघाट उज्यालो समाज, त्रिकाल परिवार फाउण्डेशन, एभरेष्ट फन पार्क एण्ड रिर्सोट प्रालि, युनीभर्सल ग्रुप, भेट्रान फुटवल क्लब दुर्गापुरी र उर्लाबारी नगरपालिका वडा नं.८ र ९ सहयोगीका रुपमा रहेका छन् । यस अघि बैशाख १ गते रेडक्रस र सहकारी संजालको संयु्क्त आयोजनामा उर्लाबारी र मंगलबारेमा भएको रक्तदान कार्यक्रममा २ सय ३७ जनाले रक्तदान गरेका रक्त संचार सेवा केन्द्र उर्लाबारीले जनाएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …