• मित्रदेव काफ्ले
    प्रधानमन्त्रीको राजीनामा माग्ने नेता महोदयहरु तपाईंहरुले अहिले कस्का लागी र के का लागी प्रधानमन्त्रीको राजिनामा माग्दै हुनुहुन्छ ?? प्रधानमन्त्री परिवर्तन पश्चात् जनताको रोजगारी र जनजिविका समस्या समाधान र नेपालको समृद्धिका लागि तपाईंहरु संग के छुट्टै विशेष योजना छ ??

     

    तपाईंहरु संग देश विकास र जनताका समस्या समाधान गर्ने मार्ग चित्र के पि ओलि भन्दा के फरक छ ?? तपाईंहरु ले नेपाल कम्युनिस्ट पार्टीको सर्बोच्च पद र प्रधानमन्त्री भै सरकारको नेतृत्व पनि पटक पटक गरि सक्नु भएको छ। पार्टी कार्यकर्ता र नेपाली जनताले तपाईंहरुको क्षमता र योग्यताको राम्रै मापन गरिसकेका छ्न ।

     

    अहिलेको यो कोरोना महामारीमा सरकार र पार्टी दुबै स्थानबाट के पि ओलीको पदच्युतका लागि तपाईंहरु को मोर्चाबन्दी खाली आफ्ना लागि पदिय महत्वाकांक्षा भन्ने कुरा सामान्य नेपालीले बुझेका छन । तपाईं हरु नेपाल कम्युनिस्ट पार्टीमा र सरकारमा समेत प्रयोग भै सक्नु भएको छ। प्रचण्ड कमरेड तपाईंले पुर्व माओवादी केन्द्र लाई २०६४ को निर्वाचनमा झन्डै बुहुमतको पार्टीलाई दोस्रो संम्विधान सभाको निर्वाचनमा झण्डै लोप गराउनु भयो ।

     

    माधव कमरेड तपाईंले आफ्नै नेतृत्वको निर्वाचनमा २०६४ सालमा एमाले लाई कुन हैसियतमा पुर्याउनु भयो ? झलनाथ कमरेड तपाइँले पार्टी र सरकारको नेतृत्व गर्दा के नयाँ र सम्झन योग्य काम गर्नु भयो ? बामदेव कमरेड २०५५ सालमा भएको एमाले विभाजनको जवाफ बामपंथी आन्दोलनले तपाईंसंग अहिले पनि मागिरहेको छ।तपाईहरुको हालको गठबन्धनले पनि के पुष्टि गर्छ भने के पि ओलि पार्टी र सरकार संचालनमा तपाईंहरु भन्दा उत्कृष्ट हुनुहुन्छ ।

     

    अनि तपाईंहरु कम्युनिस्ट पार्टीको झण्डै २/३ को सरकारलाई असफल बनाएर आम नेपाली जनताको भरोसाको एकमात्र पार्टीलाई सदाका लागि अलोकप्रिय र नेपालमा कम्युनिस्ट पार्टी साथै लोकतन्त्र प्रति नै वितृष्णा फैलाई नेपालीको संसदीय प्रणाली र वर्तमान संविधानलाई असफल बनाउन कुन देशी/बिदेशी शक्तिको इशारामा आत्माघाती गतिविधिमा सकृय हुनुहुन्छ ? पार्टीमा तपाईहरुको मेहनत ,लगानी एवं योगदान छ त्यसैले पार्टी र देशलाई अस्थिरता तर्फ हैन स्थिरताका लागी सकारात्मक योगदान दिनुहोस् यदि त्यसो नभए पछिल्लो पुस्ताका नेता र कार्यकता एवं समस्त नेपाली जनताको भाग्य र भविष्य संग खेलवाड गर्ने अधिकार तपाईंहरु लाई छैन ।



    पार्टी अध्यक्ष परिवर्तन गर्न कमरेड हरुलाई थाहा होला महाधिवेशन पर्खनु पर्छ,भने पार्टीलाई यो हैसियतमा पुर्याउन तपाईंहरु सहित पार्टी अध्यक्ष एवं प्रधानमन्त्री के पि कमरेडको महत्वपूर्ण समय सापेक्ष नेतृत्व नै हो भन्ने कुरा कसलाई थाहा छैन ।यी सबै कुरालाई विश्लेषण गरि प्रधानमन्त्री परिवर्तनका लागि आगामी आम निर्वाचनमा पार्टीले बहुमत ल्याउन पर्छ र प्रक्रियागत ढंगबाट परिवर्तन हुन्छ भन्नेकुरा हामीले भनी रहनु पर्दैन ,पार्टी संगठनलाई ब्यवस्थित बनाऔ जनतामा पार्टी र सरकारको लोकप्रियता बढाउने काम गरौं , सरकारले गरेका महत्वपूर्ण र दीर्घकालीन उपलब्धिका कामलाई जनसमक्ष उजागर गरौं ।

     

    तपाईंहरुको सरकारलाई रचनात्मक सहयोग र सरकारका कमि कमजोरीलाई सकारात्मक सुझाव सल्लाहको आवस्यकता छ ,यसैमा तपाईंहरु लागायत सबैको कल्याण हुनेछ । अस्थिरता होइन स्थिरता आजको आवस्यकता हो ।

    "लेखक नेपाल कम्युनिस्ट पाटी ( नेकपा ) गौरादह नगर कमिटी अध्यक्ष हुन।

    (यो लेखकको निजी विचार हो । यसमा रातोकलमको सम्पादकीय नीति प्रतिविम्वित छैन। हामी सबैखाले विचारको सम्मान गर्छौं-सम्पादक)

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…