• सरोज बस्नेत ,उर्लाबारी ।

    विश्वभरी कोरोना भाइरसको संक्रमण फैलिएको छ । नेपालमा पनि ४१ दिनदेखि नेपालमा पनि लकडाउन जारी छ । जनप्रतिनिधिदेखि कर्मचारीसम्म यतिबेला लकडाउनको समयमा जनतालाई राहत पु¥याउन सक्रियपूर्वक खटिरहेका छन् ।
    मोरङको उर्लाबारीका मेयर खड्ग फागो लकडाउनको समयमा चर्चाको शिखरमा रहे । लकडाउन उल्घंन गर्नेलाई भाटे कार्वाहीदेखि राहत वितरणसम्म उनले खेलेको भुमिका निकै चर्चित बन्यो । भाटे कार्वाहीमा उत्रिएको विषयमा धेरैले उनको समर्थन गरे भने केहीले त्यसको कडा विरोज जनाए ।

    https://youtu.be/lhhrHU9mAxU

    मेयरमात्र होइन उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारी, ९ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरुसमेत राहत वितरणमा सक्रियपूर्वक खटेका छन् । त्यस्तै, उर्लाबारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुरारी घिमिरे प्रशासनिक कामदेखि राहत वितरणसम्म महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । कार्यालयमा कार्यरत लेखा अधिकृत गोविन्द कार्की, नायब सुब्बा भरत अधिकारी, नरेन्द्रप्रसाद तिम्सिना, कर्मचारी सुमित खवासलगायत पनि सक्रियपूर्वक खटेका छन् । उनीहरु राहत संकलन तथा वितरणमा खट्दै आएका छन् । त्यस्तै, सवारी चालक इन्द्र आपागाई, वसन्त पौडेल, प्रदिप केसीलगायत रातदिन राहत सम्बन्धित वडामा पु¥याउन खट्दै आएका छन् । त्यस्तै, नगरपालिकाका नगर प्रहरी, स्वास्थ्यकर्मीलगायत पनि रातदिन नभनी जनताको सेवामा समर्पित रहेका छन् ।

     

    त्यस्तै, जनपथ तथा सशस्त्र प्रहरीसमेत रातदिन जनतालाई सुरक्षित बनाउन खटिएका छन् भने उर्लाबारी उद्योग बाणिज्य संघका पदाधिकारी एबं सचारकर्मीहरुसमेत जनतालाई सु–सुचित गराउन लागि परेका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…