उर्लाबारी /नेपाल रेडक्रस सोसाईटी उर्लाबारी र नारी संकल्प साकोसको संयुक्त आयोजनामा आज भएको रक्तदान कार्यक्रम मा १ सय २८ जनाले रक्त दान गरेका छन ।
अरनिको माबी दुर्गापुरी मा आयोजित कार्यक्रम मा सो रगत संकलन भएको रेडक्रस उर्लाबारी का पवन भट्टराई ले जानकारी दिनु भएको छ । कोरोना महामारी का कारण लकडाउन बढेसंगै विभिन्न रोगका बिरामी हरुलाई रगत अभाव नहोस् भन्ने उदेश्य ले कार्यक्रम गरिएको नारी संकल्प साकोस कि अध्यक्ष सीता कार्कीले जानकारी दिनु भएको छ ।
लकडाउन कै समयमा बैशाख १ गते सहकारी संञ्जाल र रेडक्रस को सयुक्क्त आयोजना मा उर्लाबारी चोक र मंगलबारे चोकमा भएको कार्यक्रम मा २ सय ३७ पृण्ट रगत संकलन गरिएको थियो ।