• राजु पोख्रेल
    दमक / लकडाउनले हरेक क्षेत्र अस्तब्यस्त बनेको बेला विद्यार्थीलाई अध्ययापन गराउन पनि मुस्किल भएको छ । विद्यालय बन्द छन्, विद्यार्थी घरघरमै बन्द छन् । तर केही विद्यालयले भने भर्चुयल कक्षाका माध्यमबाट अनलाइन माध्यमबाट पढाइरहेका छन् । ती मध्येको हो, दमकको झापा मोडल अंगेजी मावि ।

     

    लकडाउन शुरु भएसँगै विद्यालयका प्रिन्सीपल सागर श्रेष्ठ तनावमा देखिन्थे । उनले ब्रिटिस काउन्सीलका अग्रजहरु सँग शिक्षक सिकाइँको ढाचाका बारेमा तालिम लिए । उनीसहितका अन्य शिक्षकले पनि लिए, तालिम त्यसपछी विद्यार्थी र अभिभावकलाई तालिम दिए । ३ पटक यसरी तालिम दिएपछी उनको विद्यालयले जिल्लामा नै पहिलो पटक जुम एप्सका माध्यमबाट विद्यार्थी सँग अन्तकृया गरेको हो । अहिले त कक्षा कोठाको भन्दा प्रभावकारी शिक्षण सिकाइ हुने गरेको छ, श्रेष्ठले भने, बिभिन्न प्रविधीको प्र्रयोग गरि अन्तकृयात्मक शिक्षण जारी राखेका छौ । श्रेष्ठका अनुसार अहिलेको प्रविधि मार्फत विद्यार्थीलाई थप जागरुक र उत्सुक बनाउने दाबी गरे । शिक्षकले पनि कक्षामा भन्दा अहिले अन्तकृयात्मक अध्ययापन गर्न थालेको उनको दाबी छ ।

     

    पहिले कक्षा कोठामा शिक्षक मात्रै पढाउने, विद्यार्थी सुन्ने एकोहोरो थियो, तर अहिले विद्यार्थीले समेत नजानेका विषयहरु सोध्ने गरेका छन्, श्रेष्ठले भने, यसले विद्यार्थीलाई थप सिक्नका लागि हौसला प्रदान गरेको छ । कक्षा कोठा भित्र मात्रै पुस्तक हुने बताउदै श्रेष्ठले भने, अहिले त अनेकौ प्रविधी र युट्युबका माध्यमबाट समेत सिक्न पाएका छन् ।

     

    ब्रिटिस काउन्सिलबाट उत्कृष्ट विद्यालयमा समेत गनिएको यो विद्यालयमा अध्ययनरत ७० प्रतिशत बढी विद्यार्थीहरु नियमित रुपमा कक्षा लिइरहेका छन् । दैनिक ४ वटा कक्षा विद्यालयले सन्चालन गरेको छ । प्रत्येक विद्यार्थीलाई कक्षा अनुसार जुम मार्फत पढाउछन्, प्रिजेन्टेसन गर्ने गर्छन् । थप पाठ्यसमाग्री खोज्नका लागि पनि यसले मद्दत गरेको छ, उनले भने, यो पछी सम्म प्रभावकारी लर्निगं हुने रहेछ ।

     

    विद्यालयमा जुुम मार्फत अध्यापन गरिन्छ भने गुुगल क्लास रुप मार्फत गृहकार्य, थप पाठ्य समाग्री दिइन्छ । विद्यार्थीले घरमा गरेको गृहकार्य त्यहीँ अपलोड गर्ने, उत्तर परिक्षण र अंक पनि त्यहीँ भित्र अपलोड गरिन्छ । जुम एपकै माध्यमबाट अभिभावक सँग कक्षागत रुपमा अन्तकृया र प्रभावकारीताका बिषयमा समेत अध्ययन गरिएको श्रेष्ठले बताए । अहिले एलकेजी देखि १० सम्मका विद्यार्थीहरु यो सिकाइमा सहभागी छन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …