• काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिने राजकीय भ्रमणमा सकेर आइतबार स्वदेश फर्कदै छन् । प्रम देउवा आज बेलुका साढे ६ बजे दिल्ली हुँदै राती ८ बजे काठमाडौं अवतरण हुने कार्यक्रम रहेको छ ।

    यसअघि आईतबार प्रधानमन्त्री देउवाले विहारको बोधगया मन्दिरको दर्शन गरेका छन् । उनी बिहान नौ बजे बोधगया गएका छन् ।

    भ्रमणको चौथो दिन शनिबार भारतको आन्द्र प्रदेशमा रहेको तिरुपति मन्दिरमा विशेष पुजा गरेका प्रधानमन्त्री देउवा तेलङ्गना राज्यको हैदरावादबाट विशेष विमानमार्फत तिरुपति पगेर सोही दिन बोधगया फर्किएका थिए । प्रधानमन्त्री देउवासँग शनिबार विहारका मुख्यमन्त्री नितिश कुमारले भेट गरेका छन् । भेटका क्रममा प्रधानमन्त्री देउवा र मुख्यमन्त्री कुमारबीच हालै नेपालको तराई र विहारका कतिपय सीमा क्षेत्रमा बाढीका कारण भएको क्षतिका विषयमा छलफल भएको थियो ।

    नेपाल र भारततर्फ बाढीले पुर्याएको क्षति तथा बाढी नियन्त्रणका लागि दुबै देशका तर्फबाट संयुक्त रुपमा दिगो व्यवस्थापनको पहल गर्नुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिएका थिए ।
    प्रधानमन्त्री देउवा गत बुधबार ४८ सदस्यी टोलीको नेतृत्व गर्दै दिल्ली गएका थिए । त्यस क्रममा उनले प्रधानमन्त्री, राष्ट्रपति, राजनीतिक दलका उच्च नेता तथा त्यहाँका उद्यमी व्यवसायीसँग भेटबार्ता गरेका थिए ।

    देउवाको भ्रमणका बेला नेपाल भारत ८ बुँदे सहमति भएको छ । नेपालको आर्थिक बिकासमा सहयोग पुग्ने अपेक्षासहित भएको सो सहमतिमा विद्युत, सडक तथा रेलमार्ग विकासलाई प्राथमिकतामा राखिएको छ ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…