• युबराज रेग्मी बैसाख २३ झापा / नेपालको सिमाबर्ती छेत्र भारतको बिहार राज्यमा पछिल्लो समय कोरोना भाइरसको संक्रमीत संख्या ह्वात्तै बढे पछि भारत तर्फ बाट विभिन्न बहानामा नेपाल प्रबेस गर्न खोज्ने मानिस हरुको चहलपहल दस गजा छेत्रमा देखिदै आएको छ । नेपालसंग जोडिएको राज्य बिहारमा २४ घण्टामा ११ जना संक्रमीत थपिएका छन । यसै सन्दर्भमा हिजो सोमबार बेलुका झापा जिल्लाको झापा गाउँपालिकाको सीमा क्षेत्रमा भारतपट्टिबाट नेपाल छिर्न खोज्नेहरुले खटिएका सुरक्षाकर्मीमाथि आक्रमण गर्ने प्रयास गरेपछि सशस्त्र प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ।

     

    सोमबार राति करिब ९.३० बजेतिर भारतबाट केही मानिस नेपाल छिर्न प्रयास गरेका थिए। समूहमा आएका भारतीय नागरिकलाई भगाउन सशस्त्र प्रहरीले हवाई फायर गरेको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए।

     

    एक सय भन्दा बढी भारतीय नागरिकले सुरक्षाकर्मीमाथि बल प्रयोग गरी नेपाल प्रवेश गर्न खोजेपछि सीमा तैनाथ सशस्त्र प्रहरीले प्रतिकार गर्दै हवाई फायर गरेका थिए । झापा गाउँपालिका ४ स्थित सुकुम्वासी बस्ती नजिकै उक्त घटना भएको थियो ।

     

    दुईजना भारतीय नागरिक भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर नेपाल छिर्न खोजेका थिए। कोरोना रोकथाम तथा नियन्त्रणका लागि सीमामा तैनाथ सुरक्षाकर्मीले उनीहरूलाई दुई घन्टा उभ्याइ भारत तर्फ फिर्ता पठाएका थिए।
    फिर्ता गएका ती दुई भारतीय नागरिकले गाउँलाई भेला गरी पुनः सीमामा लिएर आएका थिए।

     

    घरेलु हातहतियार सहित आएका भारतीय नागरिकले नेपाल प्रवेश गरी सुरक्षा पोस्टमाथि आक्रमण गर्न खोज्दा सशस्त्र प्रहरीले हवाई फायर गरेको बताइएको छ। ससस्त्र प्रहरिले गोली चलाएपछि भारतीय नागरिकहरु त्यहाँबाट भागेका थिए। यसै गरि पछिल्लो समयमा जिल्ला समन्बय समिती झापाले जिल्लाभरीका स्थानिय निकायका बजार हरुमा अत्यावश्यक सामग्री खरिद बिक्रीका लागि बिहान ८:०० बजे देखि ११:०० बजे सम्म सिमित समय तोकिइदा बजार हरुमा भिडभाड सृजना हुने गरेको पाइएको छ ।

     

    तोकिएको सिमित समयमा अत्याबस्यक सामाग्री खरिद गर्न सम्पुर्ण उपभोक्ताहरु आसपासका छेत्र बाट नजिकका बजार हरुमा एकै साथ निस्कनु पर्ने अवस्थाले स्थानिय बजारका पसल हरुमा भिडको स्थिती सृजना हुने गरेको पाइएको छ । यस्तो अवस्थामा सुरक्षा निकायले सुरक्षाका नाममा सर्बसाधारण जनतालाई अनावश्यक सास्ती दिने , चर्को घाममा उभ्याउने साथै गाली गलौज गर्ने गरेको सर्बसाधारणको गुनासो रहेको पाइएको छ ।

     

    सरकारले बन्दाबन्दी गरिदिएको छ , खाध्यन्न खरिद गर्न बजार जानै पर्यो , हप्तादिनको लागि एकमुस्ट सामग्री खरिद गर्ने पैसा हुदैन, पैसा माग्दा सापट दिने कोहि पाइदैन सरकारले भने जस्तो घरैमा बस्न भोक भोकै कहाँ सकिन्छ र ! यहाँ रोग भन्दा भोक ठूलो कुरा भइ सक्यो गौरादहका एक स्थानिय सुमन माझी बताउछ्न । यसरी पछिल्लो समयमा झापा जिल्लामा सुरक्षा चुनौती बढ्नुका साथै स्थानिय सर्बसाधारण हरु सास्ती भोग्न बाध्य भएका छ्न । सरकारले बन्दाबन्दी बढाउदैगर्दा आवस्यक स्वास्थ्य परिक्षणको दायरा बढाउन नसक्दा देसभर सर्बसाधारण हरु अनिर्णयको बन्दी झै बन्दै आएका छ्न ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…