• कैलालीको गौरीगङ्गा नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको धनगढी–१० का आशाराम चौधरीले चलाएको से१च १८२८ नंको एम्बुलेन्सले विपरीत दिशातर्फ आइरहेको घोडाघोडी नगरपालिका–१० का भरत बोहराले चलाएको म२प ५३०३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार गौरीगङ्गा नगरपालिका–८ घर भई सशस्त्र प्रहरी बेसक्याम्प पहलमानपुरमा कार्यरत ३५ वर्षीय सशस्त्र प्रहरी हवल्दार गोरख ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

    दुर्घटनामा घाइते भएका मृ’तक ऐरको उपचारका क्रममा घोडाघोडी अस्पताल सुख्खडमा मृत्यु भएको बताइएको छ । एम्बुलेन्ससहित चालकलाई प्रहरी नियन्त्रणमा लिइएको र मोटरसाइकल चालक बोहराको अवस्था भने सामान्य रहेको बताइएको छ । रस्स्सा

     

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …