• गोपालप्रसाद पोखरेल

    बिराटनगर। मारवाडी संस्कृतिअन्तर्गत जैन धर्मालम्वीले मासु र रक्सी सेवन गर्छन ? तपाईंलाई कसैले सोध्यो भने सहजै उत्तर फर्काउनु हुन्छ–खाँदैनन, किनभने खानपानका सबालमा उनीहरु कडा हुन्छन् ।

    तर, विराटनगरको हकमा भने अचम्म भएको छ । विराटनगरमा आचार्य महाश्रमण आएर भएको पहिलो ऐतिहासिक चार्तुमास सम्पन्न पवित्र धार्मिक स्थल जैन भवनमा रक्सी र माछा विक्री भइरहेको छ ।

    आचार्य महाश्रमणले दुई बर्ष पहिला ४ महिना बसेर तपस्या र प्रवचन गरेको ठाउँ हो यो । त्यसैले जैन भवनमा कुनै बिवाह र ब्रतबन्ध तथा कार्यक्रमहरुमा माछा मासु र रक्सी प्रयोग गर्ने बर्जित गरिएको छ ।

    तर, घोर आश्चर्य लाग्यो । ५ दिने कोेशेली महोत्सव हेर्दै जाँदा मेलामा जुम्लाको स्याउको रक्सी र सिद्रा माछा बेच्न राखिएको देखियो । जैन धर्म मान्नेहरु उदार भएका हुन कि आयोजकहरु छाडा भएका हुन ? यो प्रश्न त उठेको छ है ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…