• भरतपुर । कोरोना भाइरसको रोकथामका लागि सरकारले लकडाउन जारी गरेपछि चैतयताका कुनै पनि सांस्कृतिक पर्व तथा चाडपर्व पूर्णरूपमा प्रभावित भएको छ। केही दिनअघि चैते दसैँ मनाउन नपाएका हामीले यसवर्ष बैशाख पूर्णिमा पनि मनाउन नपाइने भएको छ। तर, धुमधामसँग पर्व नमनाए पनि आ–आफ्नो घरमा पूजापाठ गर्न भने सरकारले बन्देज लगाएको छैन।

     

    त्यसैले यसवर्षको २५६४औँ बुद्ध जयन्ती पर्व पनि पूजापाठमै सीमित हुने भएको छ। चितवनमा पनि महाबौद्ध गुम्बामा हरेक वर्ष धुमधामका साथ बुद्ध जयन्ती मनाउँदै आइएको थियो। तर, यसवर्ष यहाँ पनि सामान्य पूजापाठमै पर्व सीमित हुने गुम्बाकी अध्यक्ष विमला गुरूङले जानकारी दिइन्।

     

    गुम्बामा भेला भएर धुमधामका साथ बुद्ध जयन्ती मनाउन नपाए पनि आ–आफ्नै घरमा पूजापाठ गरेर पर्व मनाउन जिल्लावासी बौद्ध धर्मावलम्बीहरूलाई आग्रह गरेकी छन्। बुद्ध जयन्ती मनाउने वातावरण नभए पनि बुद्ध टोलको अगुवाइमा गुम्बा परिसरमा नियमित सरसफाइ गर्दै आइरहेको छ। यसवर्ष यही बैशाख २५ गते बुद्ध जयन्ती परेको थियो।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …