उर्लाबारी । मुटु सम्बन्धी रोगबाट ग्रसित ९ दिनका नाबालक तारा बोराकोटीको उपचारमा आर्थिक समस्या देखिएको छ ।
उर्लाबारी–५ मा घरभाडामा बस्दै आएका बाराकोटी परिवारले नाबालक छोराको जीवन रक्षाका लागि अपिल गरेका छन् । नाबालक ताराको विराटनगरस्थित नोबेल हस्पिटलको सघन कक्षमा उपचाररत भइरहेको छ । बाराकोटी परिवारको ‘आर्थिक अवस्था निकै कमजोर छ ।
ताराकी आमा टिका बाराकोटीले घरको आर्थिक अवस्था समेत नाजुक रहेकाले उपचारमा स्वदेश तथा विदेशमा रहेका मनकारी महानुभावकलाई अपिल गर्नुभएको छ । खर्च अभावका कारण उपचारमा समस्या भएकाले नाबालक छोराको जीवन रक्षाका लागि उहाँले सहयोगको अपेक्षा गर्नुभएको छ । नाबालकको उपचारका लागि ९८२७०३३१११ सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेछ ।