• हाल बिश्वभरि फैलिएकाे काेराेना भाईरस (काविड-१९) ले भारत , खाडि लगायत अन्य देशमा परदेशिएका नेपालीहरु घर फर्कन पाउनु पर्ने कुरा उठाउदै गर्दा , केही अाफुलाई बिद्वान भनीदिउन जस्ताे गर्नेहरुबाट ठुलाे ठुलाे स्वरमा बिदेशिएकाहरुले राष्ट्रलाई के याेगदान दिएका छन ? देशका लागि प्रत्येक नागरीकको योगदान हुनुपर्छ । योगदान बिना सङ्कटमा मात्र देश खोज्ने ? जस्ता नितान्त ग्रैर जिम्मेवार अभिव्यक्तिहरु अाईरहेका छन ।

     

    हालकाे नेपाल सरकारकाे बिदेसिएका नागरिक प्रतिकाे उदासिनता र नागरिक स्तरबाट अाईरहेका यस्ता अभिब्यक्तिहरुलाई नेपाल बाहिर रहेका हरेक नागरिकलाई कोभिड १९ संक्रमणको सम्भावित स्रोतका रुपमा हेरिएको र राज्यले उसका समस्त नेपाली नागरिकहक निलम्बन गरेको रुपमा बुझ्ने हाे? परदेशिएकाहरुले । त्यसाेभए के बिदेशमा भएका नेपालिहरु अब नेपाली रहेनन ? के उनिहरुले नेपालकालागी केही याेगदान गरेका छैनन ? नेपालमा पार्टिकाे झण्डा हल्लाएर नेताका अगाडिपछाडि गर्दै माैका मिलाएर कमिसन खान पल्केकाहरुकाे मात्र देश निर्माणमा याेगदान मानिने हाे त ? परदेशमा पिडा खेपिरहेकाहरुलाई थप पिडित र अाक्राेषित बनाउने यस्ता अभिब्यक्तिहरु केही लाेभिपापीकाे स्वाघाेषित नियम हाे भन्नेमा म स्पष्ट छु ।

     

    तर यसले केही भ्रम अाम जनतामा अबस्य परेकाे छ । त्यसलाई चिर्नकाेलागी भएपनि लाखाैं नेपालीहरु खाडी मुलुक लगायत अन्य देशहरुमा ४५ लाख (भारत बाहेक)भन्दा बढी युवा किन जानुपर्याे ? जानुपर्ने रहर बाध्यता वा अन्य केहि कारण छन भन्ने कुरा बुझ्न जरुरि छ । आफ्नो परिवार समाज र देश देखि टाढा रहेर श्रम गर्नु कुनै पनि देशका नागरिकको रहर हुन्छ जस्तो लाग्दैन नेपालमै बसेर विश्व घुम्नका लागि जान पाए किन श्रम खर्चिन जान्थे ? बिदेशिनुका धेरै कारण छन सबैभन्दा प्रख्यात र सबैले भन्ने गरेको र यथार्थ भनेकै रोजगारी हो ।

     

    त्यसो भन्दै गर्दा नेपालमै पनि धेरैले गरेकाछन गर्नेलाई नेपालमै छ भन्ने जवाफ आउन सक्छ जुन जायज पनि हो । तर त्यसको पछाडिको यथार्थता पनि बुझ्नु जरुरि छ बिदेश गएका लाखौ युवाहरुकै श्रम पसिना र त्यागले नेपालमा व्यवसाय गरि केहि गर्न सक्ने भएका हुन भन्न कुनै अफ्ठेरो छैन । नेपालीहरु विदेश जानु भन्दा पहिलेको अवस्था र पछिको व्यवसायिक अवस्था हेर्ने हो भने आकाश पातालको फरक छ , जुन प्रत्यक्ष रुपमा बैदेशिक रोजगारले नै वाताबरण बनाइदिएको हो । साधारण भाषामा भन्नुपर्दा विदेशबाट पठाएको रेमिट्यान्स खर्चि्दिएर नेपालका व्यवसायहरु चलेका हुन । नत्र पाखो बारीमा उब्जाएका कोदो मकै खाएर जीवन धान्ने नेपाली अहिले घर जग्गा किन्ने मोटर गाडी चढेर ष्टुरेन्टमा बसेर पिज्जा , केएफसी खाने सपिंग मल घुम्न सक्ने पक्कै थिएँनन ।

     

    सर्बसाधारणकाे कुरा छाेडाै उनिहरु अाफ्नै खुन पसिनामा बाचेका हुन। अहिले त परजिबिहरु नागरिककै खुन पसिनामा उनै नागरिकै शिरमा चढेर ताण्डब गरिरहेका नेता , तिनका भराैटेहरुलाई महल बनाउने , चिल्ला गाडि चडने हैसियत कसले बनाईदियाे ? नेपालमै बसेर जग्गा, सवारीसाधन, लत्ता कपडा, खाधान्न सामग्री लगायत होटल ,रेष्टुरेन्टहरु ,कलकारखाना उद्योग धन्दा, हस्पिटल, बोर्डिंग स्कुल, बैंक र मेनपावरहरुको व्यवसाय तिब्र रुपमा फस्टाउनु त्यहि बिदेशिएका कामदारहरुले पठाएका रेमिट्यान्सले नै हो । राज्यले अरबौ रुपैया राजस्व त्यहि ब्यापार व्यवसायबाट उठाउन सकेको हाे र आत्मनिर्भर र समृद्धीकाे फुई लगाउन पाएकाे हाे ।

     

    नेपाल आत्मनिर्भर र समृद्ध बनाउन अाफ्नाे खुन पसिना बगाउने श्रमिक अहिलेकाे महामारिमा ठुलाे संकटमा परेका छन । याे महामारिबाट मजदुर मात्र हैन कुनैपनि कारणले नेपालबाहिर रहेका नेपाली नागरिक समस्यामा छन । भारतका मजदुरहरुकाे अाैपचारिक अांकडा नभएपनि हाम्राे सामाजिक परिवेसकाे अाधारमा उनिहरुपनि लाखाैंकाे संख्यामा छन भन्न सकिन्छ । त्यस्तै भर्खरैकाे सरकारि अांकडा अनुसार कोभिड–१९ को संकटका कारण रोजगारी गुमाएर र घर फर्किन चाहने खाडीका पाँच मुलुक बहराइन, यूएई, साउदी अरेबिया, कतार र ओमानसँगै मलेसियाका समेत ४ लाख ७ हजार नेपाली कामदार तत्काल स्वदेश फर्किन सक्ने अवस्थामा छन । फर्किन सक्नेमध्ये १ लाख २७ हजार जनालाई तत्काल उद्धार गर्नुपर्ने अवस्था छ । तर छिमेकि देश भारतले समेत संसारकै ठुलाे मजदुर फर्काउने अभियान सुरु गरिसकेकाे अबस्थामा , नेपालमा अांकडा खाेज्ने काम हुदैछ ।

     

    सरकारकाे यस्ताे उदासिनताका कारण सामान्य अवस्थामा समेत ‘कास्केट’मा लाश बनेर आउने परदेशिकाे नियति थियाे नै , याे कोरोनाको महामारिले देशकाे माटाे टेक्नै नपाईने हाे कि भन्ने मनाेबैज्ञानिक तनाबमा परेका छन ।

     

    संकटमा परेका अाफ्ना नागरिक संसारकाे कुनैपनि कुनामा भएपनि फर्काउनकालागी अन्य देशहरु लागिरहेकाे अबस्थामा पनि आफ्नै नागरिक विदेशमा अलपत्र परे पनि परुन् , मरेपनि मरुन भन्ने मान्यता राख्ने शायद नेपाल सरकार एक्लो मात्रै हो विश्वमा। संकटले गुहार मागिरहेकाहरुलाई याेगदानकाे पाठ पढाउनेहरु पनि याे समयमा सरकारकै काेटिकाहुन । तर माफ गर्नुहाेला मानववाद र संविधानले यो आततायी र उदासीन चरित्र स्वीकार्दैन। सरकारले अझै परदेशका नेपालीलाई नेपाल छिर्न नदिने निर्णय फिर्ता गरेर नेपाली फर्काएन भने ‘ओलीवाद’ को परिभाषा ,राजनीतिक सिद्धान्त र व्यवहार एउटा अत्यन्त अमानवीय पक्षका रुपमा ईतिहासमा लेखिने निश्चित छ ।मिलन अधिकारी / दुबई 

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …