• रातोकलम अनलाइन।
    मे-७,क्वालालम्पुर।

    क्वालालम्पुरको चेरास क्षेत्रमा रहेको शपिंग मलमा सुरक्षागार्डमा कार्यरत ९ जना नेपालिमा कोरोना भाइरसको सङ्क्रमण भेटिएको तथ्य स्वास्थ्य बिभागले सार्बजनिक गरेको छ।

    आज दिउँसो जिल्ला स्वास्थ बिभागले नमुना परिक्षण गर्ने क्रममा संक्रमण पुष्ठि भएको हो।सो स्थानमै कार्यरत अर्का एकजना मलेशियन नागरिकमा समेत संक्रमण भेटिएको छ।

    सो समूहमा देखिएको संक्रमणको कारण अझै अनुसन्धान भइरहेको जिल्ला स्वास्थ्य बिभागले स्थानीय अनलाइन संचार माध्यमहरुलाई जानकारी दिएको खबर उल्लेख छ।

    एकै समुहमा यतिठुलो सङ्ख्यामा कोरोना पोजिटिभ देखिए पछी उक्त सुपर मार्केटमा कार्यरत श्रमिकहरु लाई थप सावधानी अपनाउन चेरास जिल्ला स्वास्थ्य बिभागले निर्देशन जारी गरेको छ।

    उक्त समूहको नजिक वा सम्पर्कमा रहेका व्यक्तिहरुको स्क्रीनिंग परीक्षण गरिने बताईएको छ।यश संगै हालसम्म मलेशियामा रहेका १८ जना नेपालिहरुमा कोरोना संक्रमण देखिएको छ।

    ९ जनालाई यस अघि कोरोना संक्रमण देखापरेको थियो,भने ३ जनाको स्वास्थ्य स्थितमा सुधार भइसकेको नेपाली दूतावास श्रोतले जानकारी दिएको थियो।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…