• वि.सं.२०७७ साल वैसाख २६ गते । शुक्रबार । ईश्वी सन् २०२० मे ०८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । जेष्ठ कृष्णपक्ष । तिथि– प्रतिपदा,२४ घडी ०१ पला,दिउसो ०२ बजेर ५८ मिनेट उप्रान्त द्वितीया । नक्षत्र– विशाखा,१२ घडी ४५ पला,बिहान १० बजेर २७ मिनेट उप्रान्त अनुराधा । योग– वरियान,२४ घडी १५ पला,दिउसो ०३ बजेर ०३ मिनेट उप्रान्त परिध । करण– कौलव,दिउसो ०२ बजेर ५८ मिनेट उप्रान्त तैतिल,रातको ०२ बजेर ०१ मिनेट उप्रान्त गर । आनन्दादिमा– मातंग योग । चन्द्रराशि–वृश्चिक । काठमाडौंमा सूर्योदय ०५ बजेर २१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४० मिनेट । दिनमान ३३ घडी १८ पला । विश्व रेडक्रस दिवस। कानुन दिवस ।

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    संकट ब्याबस्थापनको लागि चालिएका कदम हरु निरर्थक हुनेछन् । रुपैया पैसा लेनदेन तथा सापटि लिने दिने काम नगर्नुहोला रुपैया पैसाकै कारण साथिभाई तथा आफन्त सँग मनमुटाब बढ्नेछ । नयाँ काम गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिन सकिनेछ । बाटो हिड्दा तथा सवारि साधन चलाउँदा ध्यान दिनुहोला कुनै पनि बेला अप्रिय घटना घट्न सक्छ ।

     

    बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    माया प्रेममा एक अर्कालाई अबिश्वास बढ्ने तथा जीवन साथि सँग साना साना कुरामा राय बाजिनेछ । आए आर्जनका बाटाहरु साघुरा हुनेछन् भने व्यापार व्यावसायमा मन्दि आउनेछ । बिलाशि तथा भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नहोला नराम्रा घट्नाहरु घट्न सक्छ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

    गोप्यता भङग हुन सक्छ ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । बादबिाद,बिद्या तथा प्रतिश्पर्धामा आजको दिन भाग नलिनु नै राम्रो रहनेछ । छिमेकिहरुले भाजो हालेर तपाईको घर परिवारमा झगडा गराउँन अनबरत लागिरहनेछन् ख्याल गर्नुहोला । कर्मको फल अरुले नै खान सक्छन् होस गर्नुहोला ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    पढाइ लेखाइमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ । बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ । परिवार आफन्त तथा साथिभाईहरुको सहयोग हुँने हुँनाले समस्याका पर्खालहरु आफै ढल्नेछन् । तरपनि आफ्नो ज्यानको ख्याल गर्नुहोला ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    समाजमा ईज्जतिलो काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउँने मानिसहरु हावि हुनेछन् । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउँन कडा मेहनेत गर्नुपर्नेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ । पढाई लेखाई अरु दिन भन्दा कमजोर रहने हुँनाले नतिजा अरुकै पक्षमा जानेछ । स्वास्थ्य सम्वन्धी समस्या देखिन सक्छ ध्यान दिनुहोला ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    दाजुभाई तथा छिमेकिसँग कुनैपनि कारोबार गर्दा ध्यान दिनुहोला बिवाद बढ्ने योग रहेकोछ । अन्धबिश्वासले मनमा गतिलो डेरा जमाउँने हुँदा मनोबल कमजोर रहनेछ । लेखन तथा साहित्यमा सुरु गरिएका कामहरु थाति रहनेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ । यात्रा हुने भएपनि यात्राका क्रममा दुख हुन सक्छ ध्यान दिनुहोला ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    अध्ययन तथा अनुशन्धानको क्षेत्रमा दिईएको समयबाट भनेजस्तो नतिजा आउने हुनाले मन खुसि रहनेछ । आफन्त तथा आत्मिय मित्रका साथ रमाईलो बाताबरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेभएपनि स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिनेछ । बोल्दा ख्याल गर्नुहोला तपाईको भनाईलाई गलत तरिकाले ब्याख्या गर्नेहरु सक्रिय हुनेछन् ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    समयको ख्याल गरेर मात्र अगाडि बड्नु होला किनकि काममा बाधा तथा अरुभन्दा पछि परिने सम्भावना रहेकोछ । समाजमा प्रतिष्ठित काम गरेपनि बिपक्षहरु मान सम्मान तथा ईज्जत प्रतिष्ठामा गिराउन लागि पर्नेछन् । व्यापार व्यावसायमा घाटा लाग्ने तथा आम्दानि नहुने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । खानपानमा ध्यान नदिय स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम धाति रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा औषधि उपचार खर्च बढ्न सक्छ । माया प्रेममा सामान्य मनमुटावको अवस्था सिर्जन नहोला हुँन सक्छ ध्यान दिनुहोला । तरपनि स्वास्थ्यको ख्याल गर्नुहोला ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    दाजुभाई तथा बुवाबाट आर्थिक सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । ईच्छा, आकांक्षा तथा मनोकामना पुरा गर्न बढिनै समय मेहनेत गर्नुपर्नेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनुपर्ने बाध्यता आउँनेछ । तरपनि भिडभाडमा नजानुहोला । वाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्वन्धी समस्या आउँनेछ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,द)

    व्यापार व्यावसायमा भनेजस्तो नाँफा कमाउँन सकिने छैन । पढाई लेखाईमा समय दिय पनि सोचेजस्तो नतिजा नआउँने हुँनाले मन खिन्न हुनेछ । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    अध्ययन तथा अध्यापनमा मन जाने हुनाले बिद्यार्थीहरुका लागि आजको दिन फलदायि रहनेछ । धर्म,सस्कृती तथा नया नया ज्ञानको खोजी गर्ने काममा समय दिन पाउदा मन प्रशन्न रहनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । समय तथा परिस्थितिले रोजगारि दिलाउनेछ । तरपनि स्वास्थ्यको ख्याल गर्नुहोला ।

    तपाईको दिन शुभ रहोस् ।

    ज्योतिषी तारानाथ भण्डारी ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…