• By:Ratokalam

    मोरङ÷पथरीशनिश्चरे नगरपालिका—१ स्थित पथरी बजार सफा राख्ने उदेश्यले किरात मार्ग उपभोक्ता समितिको आयोजनामा सरसफाई अभियान शुरु भएको छ ।
    शनिवार(आज) औपचारिक कार्यक्रमको साथै नगरप्रमुख दिलिपकुमार राईको उपस्थितिमा सफाइ अभियानको उद्घाटन भएको हो । पथरीको मुख्य बजार रहेको इन्द्रेणी मार्गको पश्चिम किरात मार्गमा फोहोर मैला व्यवस्थापान नहुदा वातावरणम तथा मानवीय स्वास्थ्य प्रतिकुलरहदै आएको छ ।
    पुर्वपश्चिम मुख्य सडकदेखि करिव डेढ सय मिटर दक्षिणमा पर्ने उक्त क्षेत्रमा घरैमा बंगुर पाल्ने, पथरी खोलदेखि दक्षिण लगिएको पैनीमा शौचालयको ढाल जडान गरिनुको साथै पुरानो बोरा, लुगा, जुत्ता, नानिको प्याम्पस, महिलाले महिनावारीहुदा लगाउने प्याड, प्लाष्टिक लगायतको मैलाहरु पैनी र खोलामा फाल्दै आएको कारण घनाबस्ति भित्रै दुर्गन्ध हुदैआएको छ ।

    पथरी बजारका केही फ्रेस हाउस, होटल तथा दोकानमा निस्कले फोहोर मैला समेत खोलामा फालिन्दै आएको कारण गर्मी सिजनमा माहामारी फैलिने सम्भावना रहेको छ ।

    सो अवस्थाको ख्याल गर्दै किरात मार्ग उपभोक्ता समितिले अभियानको शुरुवात गरेको समितिका अध्यक्ष अर्जुन जम्नेली राईले बताए । समितिले प्रत्येक महिनाको १ र १५ गते नियमित रुपमा सरसफाइ गर्ने, पैनी, खोला र नालीमा फोहोर फ्याकेको भेटिएमा एक हजार जरिवाना गर्ने निर्णय भएको समितिका सचिव पुष्प लामाले बताए । सफरसफाइ अभियानको लागि टेकिन्द्र लिम्बूको संयोजकत्वमा समिति गठन भएको छ । समितिले राखेको नियम उलंघन गरेमा नगरपालिका तथा प्रहरीमा कानूनी कारबाहीको लागि सिफारिस गर्ने सफाइ अभियानका संयोजक टेकेन्द्र लिम्बूले बताए ।

    कार्यक्रममा नगर प्रमुख दिलप राई, १ नम्बर वडा अध्यक्ष बाबुराम लिम्बू, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ, पथरी पैनीका सचिव केशव दाहाल लगायतले बोलेका थिए । बक्ताहरुले पथरीलाई सफा र सुग्गर राख्न नगरले पहल गर्ने बताएका थिए । पैनी समितिका सचिव केशब दाहालले भने सरकारी पैनी अतिक्रमण भएको हटाइन पहल गर्न समेत नगरका पदाधिकारीहरुसँग माग गरेका थिए ।

    औपचारिक कार्यक्रम पछि नगरप्रमुख राई, वडा अध्यक्ष लिम्बू, युवाहरु सागर साम्बा, याम लिम्बू, सरस्वति लिम्बू लगायतको टोलीले पथरी पैनी, खोला र आसपासका क्षेत्रको फोहरमैला संकलन गरेर डम्पिङ्ग साइड पठाएका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…