• By: Ratokalam

    मोरङ÷यले सम्बत ५०७८ नयाँ बर्षको आवसरमा मोरङको पथरीशनिश्चरे—३ स्थित सुन्दरीचौकमा आज (शनिवार)देखि यले मेला शुरु भएको छ ।
    किरातीहरुले हाङ यलम्बरको सम्झना र सम्मानमा शुरु भएको यले सम्बत माघदेखि ५०७८ लागेको छ । सोही अवसरमा धार्मिक तथा साँस्कृतिक यले मेला व्यवस्थापन समितिको आयोजनामा तीन दिने मेलाको उद्घाटन भएको हो ।

    ‘अनेकतामा एकता, मुन्धुमीहरुको मौलिकता’ भन्ने मूल नाराको साथ भएको उद्घाटन कार्यक्रममा मोरङ ३ (क)का प्रदेशसभा सदस्य सुयमाराज राईको प्रमुख आतिथ्यमा भएको थियो । प्रदेशसभा सदस्य राईले क्षेत्रमा रहेका खोला तट्बन्धन, सुकुम्बासी, मजदूर र किसानको समस्या समाधान गरेरै छाड्ने बताए । पथरीशनिश्चरे नगरपालिकाका पदाधिकारीहरुले सुकुम्बासीहरुको अहितमा काम नगरे आफूहरु विरोध गर्न बाध्यहुने प्रदेश सांसद राईले बताए ।

    कार्यक्रममा मुन्धुमी चुम्लुङका प्रमुख संरक्षक राजकुमार पालुङ्वा, किरात राई यायोक्खा केन्द्रीय सदस्य अर्जुन जम्नेली राई, किरात याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष विवेक लिम्बू, लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष फिपराज लिम्बू, खिनमाया लिम्बू लगायतले शुभकामना व्यक्त गरेका थिए । वक्ताहरुले आदिवासीहरुको साँस्कृतिक कार्यको लागि सरकारले कुनै सहयोग नगरेकोप्रति दुःख ब्यक्त गरेका थिए ।

    यलेको ५०७० देखि सो स्थानमा निरन्तर रुपमा मेला लाग्दै आएको छ । आठ बर्ष अघि यलम्बरको सम्झनामा यले स्तम्ब गाडेका छन् । प्रत्येक बर्ष यले स्तम्भमा पुजा गर्ने, मेलामा रोहोटे पिङ लगायतका खेल तमासाहरु, सांगीतिक सांस्कृतिक कार्यक्रम गरेर तीन दिनसम्म मेला लाग्दै आएको छ । यो बर्ष यले आइडल (गायन प्रतियोगिता) गर्ने आयोजक मौसम लिम्बूले बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…