• रातोकलम अनलाइन।
    क्वालालम्पुर,बैशाख-२६

    मलेसियामा आज एकैदिन २५ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

    मलेसियामा एक कम्पनीमा कार्यरत थप २५ जना नेपाली श्रमिकमा कोरोना भाइरस पुष्टि भएको छ।
    मलेसियाको नेगेरी सेम्बिलान राज्यमा पर्ने रेम्बाउ भन्ने ठाउँमा अवस्थित एक कम्पनीमा कार्यरत बिदेशी कामदारहरु मध्येको थप २५ जना नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    यो संगै मलेसियामा कोरोनाले संक्रमित नेपालीको संख्या जम्मा ४५ जना पुगेको छ्न , जसमध्ये ३ जनाले उपचार सकिएर निको भैईसकेको जनाइएको छ ।
    हिजो बिहिवार मात्रै ९ जना नेपाली सेक्युरिटी गार्डमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    मलेसिया सरकारले ४ मइ देखि (MCO) मुभमेन्ट कन्ट्रोल अडर खुकुलो पारे संगै एकैपटक यति धेरै नेपालीका कोरोना पोजेटिभ देखिएको यो पहिलोपटक हो।
    हाल सम्म मलेसियामा covid 19 बाट १०७ जनाले ज्यान गुमाई सकेका छन् । ६५३५ जनामा कोरोना पोजेटिभ भेटिएको मध्ये ४८६४ जना निको भएर फर्कि सकेका छन भने १८ जना अझै पनि आईसियुमा उपचारार्थ छन्।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…