सिंहदरबारमा धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप हुदाँ २ प्रहरी सहित ५ जना घाइते भएका छन् ।
लकडाउनको उल्लङ्घन गर्दै स्वदेश फिर्ता हुन पाउनु पर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन पुगेका ३३ चिनिया नगरिक नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको महागनरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेल बताएका छन् । सुरक्षाकर्मीले उनिहरूलाइ तितरवितर पार्न खेज्दाँ प्रहरीलाई ढुंगामुढा गरेको पछि प्रहरी र उनिहरू विच झडपकाे स्थिति सर्जना भएकाे थियाे । झडपमा महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत, एक जना महिला प्रहरी र चिनियाँ नागरिकतर्फ तीन जना घाइते भएका छन् ।
घाइतेको उपचारकालागी वीर अस्पतालमा लगिएकाे छ ।ब्लाष्ट खबर