• युबराज रेग्मी
    बैसाख २७,
    झापा/
    झापा जिल्लाको कमल गाउपालिका वडा न ५ पाडाजुंगी नजिक रहेको रवि पेट्रोल पम्प अगाडि हिजाे सुक्रबार साँझ भएको दूर्घटनामा एक जनाको मृत्यु भएको छ ।

    पुर्ब बाट पस्चिम तर्फ जादै गरेको मोटर साइकल लाई पश्चिम बाट पुर्ब तर्फ आउदै गरेको मालवाहक ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

    इलाका प्रहरी कार्यालय दमकका डिएसपी बिजयराज पंण्डितका अनुसार मृतक चुलाचुली ४ स्थाइ बसोबास भएका ३० बर्सिय रणबहादुर लिम्बु भएको मृतकको साथमा भएको मतदाता परिचयपत्र बाट खुल्न आएको छ ।

    पूर्ववाट पश्चिम तर्फ जादै गरेको मोटरसाईकल लाई पश्चिमबाट पूर्वतर्फ अाउदै गरेको ना. ६ ख. ५४०१ नम्बरको ट्रकले ठक्कर दिदा उक्त दुर्घटना भएको थियो ।

    साँझ ७:०० बजेको समयमा भएको दूर्घटना पस्चात ट्रक चालक दुर्घटना स्थल बाट भागेको स्थानीयहरुले बताएकाछन् । केही दिन यता झापामा लकडाउनको समयमा दैनिक उपभोग्य सामाग्री नबोकेका गाडि समेत खुलम खुल्ला तिब्र गतिमा हिड्ने गरेकोले लापरवाहीका कारण उक्त दुर्घटना भएको स्थानिय हरु बताउछन ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…