बैसाख २६ /
आदरणिय दाजु बाबुराम थापा ज्यु। अध्यक्ष भनी सम्बोधन गरौ, हजुर निबृत शिक्षक अनि निबर्तमान अध्यक्ष भनौं त चोर बाटो बाटै भएपनि शिक्षक महासंघको ३ बर्षे कार्यकाललाइ ४ बर्ष र महासघको पदाधिकारीहरुको पदाबधी नसकिदै पेशाबाट निबृत भए पनि पदाबधी पुरा गर्न पाउने प्राबधानको सन्सोधन गर्न सफल हुनु भएकोमा बहाल वाला शिक्षकको हैसिएतमा आत्मगलानिका साथ हजुरलाई शुभकामना तथा बधाई ब्यक्त गर्दछु। यद्यपि तपाइँ सेवा निबृत भएर पनि हाम्रै पेशागत सुरक्षाका लागी योगदान गरिरहनु भएकोमा हामी आम शिक्षकहरु तपाई प्रती आभार प्रकट गर्दै तपसिलका जिज्ञासा् आम शिक्षकहरुका रहेका हुँदा जिज्ञासा् मेटाउनु हुने नै छ भन्ने आशाका साथ पत्र कोरिरहेको छु। नेपाल शिक्षक महासंघको नेतृत्व गर्दै गर्दा तपाईलाई आफ्नो पदाबधी नपुग्दै निबृत हुन्छु भन्ने जानकारी पक्कै थियो नै । यदि स्वच्छ हृदय हुदो हो त अध्यक्ष पदको पदभार ग्रहण गर्ना साथ बिधान सन्सोधन गर्नु पर्ने थियो नि? - किन र केका लागी निबृत हुनु भन्दा २/४ महिना अगाडि मात्र बिधान सन्सोधन? - आजसम्मको पेशागत मुद्दामा तपाइँको सफलताको मापनका आधारहरु के ? - अध्यक्ष हुँदाको कार्यकालमा नेपालको शिक्षाप्रणालीमा महासघको शिक्षा निति र योजना के ? - आफू आबद्द घटकको महासंघ नेतृत्वको पालोमा जे गरे पनि हुन्छ ? समय धेरै परिबर्तन भैसकेको हुँदा सुचना प्रबिधिका कारण आम शिक्षकहरुले तपाइको नेतृत्वमा महासंघको सस्थागत उपलब्धीहर महसुस गरिसकेका छन। समग्र शिक्षकहरुको पेशागत मुद्दा ब्यबस्थापनमा शुन्य सफलता भए पश्चात् नेपाल शिक्षक महासंघको बिधान सन्सोधनमा सफलता प्राप्त गर्न सफल हुनुभएछ। सुनिन्छ ८६००० शिक्षकहरुको नेतृत्व गर्ने सस्थाका पदाधिकारीहरुले बिधान सन्सोधनको निर्णयमै लिखित असहमति जनाइएका छन रे? महासंघमा आबद्द १५ घटककै अध्यक्ष र महासचिवको सर्बसम्मत सहमति भए पनि पेशाबाटै निबृत शिक्षकको नेतृत्व आम बहाल वाला शिक्षकहरुलाइ मान्य नभएको कुरा सामाजिक संजालमा ब्यापक छाइरहेको छ। यति हुँदाहुँदै पनि तपाइँमा शिक्षकमा हुनुपर्ने नैतिक आचारण र सामाजिक ब्यबहार छ भने पद त्यागको घोषणा गर्दा स्वयं आफू र आफू आबद्ध सस्था तथा आम बहालवाला शिक्षकहरुको नैतिक आचरणको गरिमा झनै बढ्ने नै थियो कि? बिनासकाले बिपरित बुद्धि भने जस्तै आम शिक्षकहरुलाइ अदालत जान सुझाउनु भएको रहेछ। तपाइको कार्यकालमै तपाइँकै आस्था र बिचार राजनैतिक पार्टीको २/३ बहुमतको सरकार हुँदा पनि पेशागत रुपमा कुनै पनि उपलब्धी शिक्षकहरुले हासिल गरेको अनुभुती गरेका छैनन। यस अबस्थामा पनि तपाइलाइ लाग्दो हो आफू जति सफल अरु कोहि भएको छैन ? यदि तपाइँले सफलता प्राप्त गरेको भए विभिन्न पेशागत मुद्दा स्थापनाका लागी ; राहत शिक्षक संघर्ष समितिको स्थापना किन? बिद्यालय कर्मचारी संघर्ष समिति किन? साबिक उमावि शिक्षकको हिस्टुन किन? बालबिकास सका को संघर्ष समिति किन? स्थायी शिक्षक हकहित मंच किन? अस्थायी शिक्षक संघर्ष समिति किन? प्रबिधि मैत्री शिक्षक समाज किन? माथिका प्रेसर समुह गठन हुनु र एक्ला एक्लै आन्दोलन गर्नु नै तपाइको नेतृत्वमा रहेको महासंघप्रती आम शिक्षकहरुको बितृस्णा तथा आफ्नो जिम्मेवार र संरक्षक अभिभावकत्व नपाउनु नै प्रमुख कारण हो। सुनिएको छ कि श्रम मन्त्रालयमा शिक्षकहरुको अर्को सस्था ट्रेडयुनियन अधिकारका लागी दर्ता भैसकेको छ रे? यदि नेतृत्वमा ब्यक्तिगत तथा राजनैतिक स्वार्थ नभई सामुहिक पेशागत स्वार्थ भएको भए आम शिक्षकहरुको पेशागत सुरक्षाका लागी तपसिलका कार्य सफलताका लागी दिन रात लागी पर्ने नै थिए।भबिस्यमै कुनै एजेन्डा नरहने गरि पेशागत मुद्दा ब्यबस्थापनमा कम्मर कसेर लाग्ने थिए नै ।ज - नेपाल अधिराज्यभर एकै प्रकारको शिक्षा नितिको लागु गर्दै सम्पुर्ण जिम्मा राज्यले लिने प्राबधानको ब्यबस्थापन गर्ने। - बिद्यालयमा एकै प्रकृतिका शिक्षकहरुको ब्यबस्थापन गर्न बिगतमा शिक्षक ब्यबस्थापनका सन्दर्भमा भएका कमि कमजोरी हटाउन , सबै सम्बन्धि पक्षको स्थानिय तह देखी केन्द्रिय तह सम्ममै शिक्षकहरुका प्रतिनिधि मार्फत जनप्रतिनिधिहरुमा जनचेतनाको कार्यक्रम सन्चालनमा ल्याउने र उचित निस्कर्स मार्फत शिक्षक ब्यबस्थापन गर्ने। -बिद्यालय कर्मचारिको स्थायी ब्यबस्थापन न्यायोचित रुपमा गर्ने । -राहत , अस्थायी , साबिक उमावि शिक्षक ,बालबिकास सका लगाएतका अस्थायी प्रकृतिका शिक्षकहरुलाइ १ बर्ष भित्र आयोग खुलाइ पुरानो नजिर बमोजिम न्यायोचित ब्यबस्थापनमा पहल गर्ने थिए । -प्रत्येक शिक्षकको स्थायी नियुक्ति भएको ५/५ बर्षमा अनिबार्य बढुवा र जिल्लान्तर सरुवा गराउने ब्यबस्थापन गर्ने । - शिक्षकहरूको ४ तह ( द्वितीय ,प्रथम, बिशिस्ट र अति बिशिस्ट ) बढुवा पछि अनिबार्य अबकासको ब्यबस्था गराउने । -निजामती सेवा भन्दा आकर्षक सेवा सुबिधा शिक्षकलाई ब्यबस्थापन गराउने थिए। -शिक्षकलाई शिक्षण पेशामा मात्र केन्द्रीत गर्न एकाघरका परिवार सदस्यका लागी शिक्षा, स्वस्थ्यमा राज्यले विशेष सुबिधाको ब्यबस्थापन गराउन लाग्ने थिए। -आवास सुबिधा आबस्यक पर्ने शिक्षकहरुका लागी बिधुतिय प्रबिधिको सुबिधा युक्त आवासको ब्यबस्थापन गराउन लाग्ने थिए । - बाल मैत्री सुबिधा सम्पन्न बिद्यालय भबन तथा बिधुतिय सुचना प्रबिधि युक्त सेवाको ब्यबस्थापन गराउन पहल गर्ने थिए। -७५३ स्थानिय तहमा आवासिय माबी बिद्यालयको स्थापना र बिद्यार्थी संख्याको अनुपातमा शिक्षक ब्यबस्थापन गराउने थिए। सबै बिद्यालयलाई सुबिधा सम्पन्न प्रबिधि मैत्री बनाउने र शिक्षकहरुमा नियमित पुनरताजकी, बिसयगत, नेतृत्व तथा पेशागत बिकासका तालिमको ब्यबस्थापन गर्ने। - रास्ट्रको समृद्धिको लागी कृषी पेशालाइ ब्यबहारिक तथा अनिबार्य बिसयको रुपमा लागू गरि कृषिमा आत्मनिर्भर रास्ट्र निर्माणमा योगदान गर्ने जनशक्ति उत्पादनमा जोड दिने । यी माथिका कुरा गर्न र आम शिक्षकहरु लगाएत बिद्यार्थीहरु एबम अभिभावकहरु र सरकारको शिक्षा सरोकार राख्ने निकाए सङ अध्यक्ष पद ग्रहण गर्ना साथै अग्रसर हुनुपर्ने नै थियो । रास्ट्रको समृद्धिमा योगदान गर या मरको रुपमा देशको आर्थिक, सामाजिक, राजनैतिक र भौगोलिक रुपमा सुहाउँदो शिक्षा ऎन तथा नितिको निर्माण पहल हुने थियो। यदि आफ्नो अनुकुल र बिचारको २/३ सरकार हुँदा पनि संघीय शिक्षा ऎन तथा शिक्षा नितिमा माथिका कार्यक्रम पार्न नसकेमा आत्म हत्याको बाटो रोज्ने थिए तर के गर्नु सामुहिक स्वार्थ नभै ब्यक्तिगत स्वार्थ पुर्ती गर्न निबृत पश्चात् पदमा रहिरहनु पर्ने बाध्यता या महासंघमा आबद्द १५ घटक मध्य तपाइँ आबद्द घटकमा शिक्षक महासंघको अध्यक्ष हाक्न सक्ने सक्षम बहाल वाला शिक्षक नभएको अबस्थामा तपाइँको नैतिकता तथा तपाइँ आबद्द भएको सस्थाको नितिले दिदैन । शिक्षकहरु पेशागत सुरक्षाको लागी आफ्नो बिचार अनुरुप संघ, संगठन,मंच र परिषदमा गोलबद्द हुने गर्दछन । पेशागत मुद्दाहरु पुरा नहुदासम्म आफ्नै बिश्वास नमानी नेतृत्वको हनुमान,भजन मंडली र हल्लुड बन्नै पर्ने स्थिती देखिएको छ। राजनैतिक रुपमा बिचार अनुसार दलको झोले र पुच्छर बन्न आम शिक्षकहरु कहिले सम्म बाध्य हुने ? समाजमा यिनै अनुत्तरित प्रश्नहरुका कारण शिक्षकको मर्यादा कुन स्तरमा रहेको छ? उल्लेखित कुराहरू पुरा भएको खण्डमा भबिस्यमा पेशागत सस्थाका एजेन्डा नै नहुने हुँदा महासघ लगाएत आबद्द १५ वटै पेशागत संघ संगठनको अस्तित्व हराउदै जानेछ। शिक्षकहरु स्वतन्त्र रहने छन ,राजनैतिक दलका नेताको पछि लाग्न पर्ने छैन। राज्य सत्ता संचालनमा रहेको दल होस राज्य सत्ता संचालनमा रहेको दल होस या प्रतिपक्ष दल होस उनिहरुको झोले र भजन मंडली बन्न पर्ने छैन।शिक्षकहरुका पेसागत मुद्दा ब्यबस्थापन गर्नु भनेकै राजनैतिक दलहरुले आफ्नो खुट्टामा आफै बन्चरो हानेर आयु कम गर्नु र कार्यकर्ता घटाउनु जस्तै भएकोले तपाइँ पनि शिक्षकहरुको छाला ओडेर राज्य सन्चालकको मुख पत्र बन्दै आन्दोलन र बार्ता देखावटी सुरु गरि २ बर्षसम्म आश्वासन बाहेक केहि दिन नसक्नुले तपाइको भित्री चाहाना सबै शिक्षकहरुलाइ ज्ञात भैसकेको छ। त्यसैले बचेखुसेको मान प्रतिस्ठा जोगाउन शिक्षक महासंघमा भएको जिम्मेवारी त्याग गर्नुनै हजुरका साथै सम्पुर्ण आम शिक्षकहरुलाइ गौरबको बिसय बन्ने नै छ।
शिक्षक अनन्त राज पन्त (कर्णाली ) भैरब मा. बि. चिङ्गाड ५ अवलचिङ ,सुर्खेत
(यो लेखकको निजी विचार हो । यसमा रातोकलमको सम्पादकीय नीति प्रतिविम्वित छैन। हामी सबैखाले विचारको सम्मान गर्छौं-सम्पादक)