काठमाण्डौ /काठमाण्डौमा प्रहरीलाई हा त पात गर्ने चार जना चिनियाँ नागरिकलाई मुद्दा चलाइने भएको छ ।
उनीहरुविरुद्ध आइतबार अ भ द्र व्यवहारको मुद्दा दायर गर्ने तयारी रहेको काठमाण्डौका प्रहरी उपरीक्षक सोमेन्द्रसिँह राठोरले जानकारी दिनुभयो ।
शुक्रबार सिंहदरबारको मूल गेट अगाडिको नि षेधित क्षेत्रमा प्रदर्शन गरेपछि रोक्ने क्रममा उनीहरुले हा त पात गर्दा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतसहित चार जना प्रहरी घाइते भएका थिए ।
शुक्रबार पक्राउ परेका ४७ जनामध्ये दुई जनालाई दरबारमार्ग र दुई जनालाई सिंहदरबार वृत्तमा राखिएको र बाँकी ४३ जनालाई भने छाडिएको प्रहरीले जनाएको छ ।