काठमाडौँ । हिन्दु धर्म शास्त्र अनुसार रातीमा घर बडार्नुहुँदैन भनिन्छ । पौराणिक कथा र ज्योतिषशास्त्रमा कयौँ यस्ता कुराको दावी गरिएको छ जसलाई आजका मानिसहरुले पनि ब्यबहारमा लागू गरेको पाइन्छ ।साँझ स्नान गरेपछि निधारमा चन्दन लगाउनुलाई हिन्दु धर्ममा राम्रो मानिदैन ।
चन्दन लगाएर तपाईं राति सुतेपछि चन्दनको धुलो तपाईंको आँखामा खस्न सक्छ र रोशनी गुम्न सक्छ वा आँखामा समस्या आउन सक्छ भन्ने मान्यता छ ।
त्यस्तै घाम डुबिसकेपछि कपाल काट्नु हुँदैन भन्ने पौराणिक कथा र ज्योतिषशास्त्रमा अहिले पनि विश्वास गरिन्छ । यो पनि मान्यता छ कि राति कपाल अर्थात रौँ काट्नु हुँदैन ।
किनकी यसो गर्दा तपाईंमा नकारात्मक असर पर्दछ र लक्ष्मी रिसाउन सक्छिन् भन्ने मान्यता अहिले पनि चलिआएको छ ।