• रातोकलम अनलाईन।
    बैशाख-२७,क्वालालम्पुर।

    पाँच वर्ष अघि एएनएस एसोसिएट काठमाडौ बाट मलेसिया उडेका बाहुन्नी मोरङका ख्याम प्रसाद लिम्बू अहिले न सपना देख्छन न कल्पना नै गर्न सक्छन्।
    उमेरले चालीस कटि सकेपछि प्रवासिएका लिम्बू मलेसियाको क्वालालम्पुरमा रहेको Rafflescare(m)sdn.bhd नामक कम्पनीमा राम्रोसँग काम गरिरहेका थिए।

    मलेसियाको अन्तरास्ट्रिय हवाई अड्डामा काम गर्ने लिम्बु अहिले एकाएक ह्विलचेयरमा छन्। कम्पनीको कन्ट्याक्ट् सकिएपछि घर जान तरखरमा रहेका लिम्बू एक दिन एकाएक भुइँमा ढले साथीहरूले उसलाई अस्पताल पुर्याए चार दिन अस्पताल बसे चार दिन पछि अस्पताल बाट त निस्किए तर पहिले जसरी बोकेर लगिएको थियो त्यसरी नै बोकेर बाहिर ल्याउनु पर्यो कारण उसलाई प्यारालाइसेस ( शरिरको एक भाग नचल्ने रोग ) भईसकेको थियो।

    विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस ( कोभिड -१९) को कारण सरकारी अस्पतालमा उनको राम्रो उपचार हुन सकेन। प्राईभेट अस्पताल लैजाने पैसा थिएन सुरुका दिनमा कम्पनीले उपचारमा धेरथोर सहयोग गरे पछि आफू घर जाने भएपछि वास्ता गरेन, संगै बसेका झापाका बिनोद गौतमले बताए।

    श्रीमती ,छोराछोरी समेत रहेका लिम्बू शरिर त चलाउन सक्दैनन् नै बिस्तारै मानसिक रुपमा पनि कमजोर हुदैछन् , डाक्टरको सल्लाह अनुसार आफ्नै देश लगेर थेरापी सहित उपचार गरे निको हुन सक्ने बताएको गौतमले भने।
    कम्पनीले हवाई टिकट सहित स्वदेश पर्कन भने पनि अन्तरास्ट्रिय उडान बन्द रहेको कारण उनी अाफ्नो देश फर्कन पाएका छैननन।यहाँ उनले न उपचार पाएका छन् न त राम्रोसँग स्याहार नै जतिसक्दो छिटो नेपाल लान पाए ज्यान बच्थ्यो समयमै उपचार नपाए मृत्युु निश्चित रहेको गौतमको दाबी छ।

    लिम्बू जस्ता समस्या परेका कैयौं नेपाली छन जो अहिले लकडाउनका कारण घर फर्कन चाहेर पनि मलेशियामै अलपत्र अवस्थामा बस्नुपरेको छ।
    कतिपय देश जहाँ नेपालीहरु रहेका छन् ती देशहरूले स्वदेश फर्कन चाहाने आफ्ना नागरिक लैजानु भनी सुचना जारी गरिसकेको अवस्था छ। मलेसियाले पनि मइ १२ तारिख देखि २६ तारिक सम्म मलेशिया छोड्न अल्टिमेटम समेत जारी गरिसकेको छ।

    विशेषगरि गत जनुवरी १ देखि यता भिसाको अवधी सकिएर नवीकरण गर्न नसकि अबैधानिक तबरमा मलेशिया बसिरहेका आप्रवासी कामदारहरु लाई आफ्नो मुलुक फर्काउन मलेशिया सरकारले यो अवसर दिएको हो।मलेशियन सरकारको यो निर्णय नेपाल सरकारलाई पनि प्रष्ट जानकारी छ।

    यसै सन्दर्भ लाई जोडेर केहिदिन अगाडि नेपाली राजदुतावास मलेशिया लाई जिज्ञासा राख्दा,दुबै देशमा लकडाउन कायम छ।बिमानस्थल नखुलाए सम्म मलेशिया बाट आप्रवासी कामदार फर्किने कुनै बिकल्प नरहेको बताउनु भयो,यद्यपि मलेशिया सरकारले दिएको अवसर बारे नेपाल सरकार परराष्ट्र मन्त्रालय लाई पत्राचार गरिसकेको तर मन्त्रालय बाट आधिकारिक जानकारी आउन बाकी रहेकोले यसै भन्न नसक्ने टेलीफोन मार्फत जानकारी दिनुभएको थियो।

    दिनप्रतिदिन यसरी कोरोना भाइरसको सन्त्रास मलेशियामा बढ्दै गर्दा आप्रवासी कामदारहरुमा पनि दैनिक जस्तो सङ्क्रमणको सङ्ख्या वृद्धि हुदैछ।यस्तो भयावह स्थितीमा आफ्नो नागरिकको ज्यान र प्राणको रक्षा गर्नु सम्बन्धित देशका सरकारको भुमिका हो।पराई देशले नागरिक फिर्ता लैजाउ उनिहरु उपर हामी कुनै कारबाही दर्ज गर्दैनौ भनेर सार्बजनिक सुचना गर्दा समेत नेपाल सरकारले टुलु-टुलु हेरेर बस्ने उद्धारको पहल नगर्ने हो,भने नेपालीहरुले ठुलै क्षति बिहोर्नुपर्ने निश्चितै छ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…