• लोकल कुखुराबाट मनग्य आम्दानी गर्दै रतुवामाइका सुनिल , कसरी आम्दानी गर्ने सिक्नुहोस (भिडियो )   माेरङ। रतुवामाई—९ इटहराका सुनिल गौतमले नमुना कृषि फार्म मार्फत लोकल कुखुरा पालन गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । घरमै सुधारिएको खोरमा व्यावसायिक ढंगले लोकल कुखुरा पाल्न थालेको गौतमले १ वर्ष बितिसकेको छ । ९ बर्ष बैदेशिक रोजगारमा गएर फर्किनुभएका उहाँले बिदेशमा कम्ता दुख भोग्नु परेन् ।   आफ्नै देशमा ठाउँमा केहि गर्ने उदेश्यले कर्ममा लाग्नुभएका गौतम यस क्षेत्रकै उदाहरणिय व्यवसायीको रुपमा परिचित हुनुहुन्छ । सुरुवाती दिनमा कुखुरा पालेर के नाँप्छेस भनेर भन्ने खिसी टिउरी गर्नेहरु अहिले गौतमलाई देखेर क्या प्रगती गरेको छस भन्ने गरेका छन् । आफ्नो कामको तारिफ हुँदा आफुलाई पनि खुशी लाग्ने गरेको गौतम बताउनुहुन्छ ।   सुधारिएको व्यवस्थित कुुखुराको खोर घर आडैमा छ जसमा अहिले झण्डै ३ सयभन्दा बढी लोकल कुखुरा छन् । कुखुरापालनबाट राम्रै आम्दानी भइरहेको छ,शुनिलले भन्नुभयो । ‘कुखुरा पाल्न थालेको १ वर्ष बित्यो’, उहाँले भन्नुभयो, ‘यसबाट राम्रै कमाइ भइरहेको छ । वर्षमै झण्डै ३ लाख रुपैयाँ कमाइ हुन्छ ।’   कुखुरापालन व्यवसाय उहाँको जीवनको दरिलो आधार हो । कुखुरापालनमै उहाँको मन रमेको छ । उत्पादन घरबाटै बिक्री हुन्छ । ‘लोकल कुखुराको माग धेरै हुन्छ । माग अनुसार अझै कुखुरा खपत गर्न सकेका छुईन,’ उहाँले भन्नुभयो । https://youtu.be/KHbGgtp3eTM?t=2 प्रतिकेजी ५ सय रुपैयाँमा उहाँले लोकल कुखुराको मासु बेच्दै आउनुभएको छ । स्थानीय स्तरमै लोकल कुखुराको माग धेरै हुने हुनाले उत्पादित कुखुरा घरगाउँका होटेल र बजारमा खपत हुँदै आएको छ । अरु कुखुरा जस्तो लोकल कुखुरामा समस्या नुहुने रहेछ । दिनमा बिहान १५ मिनेट र साँझ १५ मिनेट समय दिन्छु त्यतिले नै काफी छ, उहाँले थप्नुभयो ।   लोकल कुखुरापालनबाट मनग्य कमाइ भएसँगै यसै व्यवसायलाई थप व्यवस्थित र विस्तार गर्ने उहाँको योजना छ । लोकल कुखुरापालनकै रकमबाट २ सय कुखुरा पाल्न सक्ने क्षमताको कुखुराको खोर उहाँले बनाउनुभएको छ ।   मासुमात्र नभइ लोकल कुखुराको अण्डा समेत उहाँले बेच्दै आउनुभएको छ । एउटा कुखुराले २० वटासम्म अण्डा पार्छ । ‘कुखुराको अण्डा बिक्रीबाट पनि कमाउन सकिन्छ । मासुको साथै अण्डाको पनि माग धेरै हुन्छ,’ गौतमले थप्नुभयो ।   उहाँले ताकक्रमबाट चल्ला निकाल्ने ह्याचरी मेसिन समेत राख्नुभएको छ । लोकल कुखुराको चल्ला उहाँले गोटाको ९० रुपैंयामा बेचिरहनुभएको छ । प्रतिकुखुराको अण्डा २० रुपैयाँमा बिक्री हुन्छ । गौतमको सिको गर्दै साथीभाई पनि लोकल कुखुरापालनमा लागेका छन् । लोकल कुखुराको मासु स्वाद र स्वास्थ्यका दृष्टिले राम्रो मानिन्छ । यसको माग र मूल्य दुवै उच्च छ,’ बास्दै गरेको भाले देखाउदैं उहाँले भन्नुभयो ।   लोकल कुखुरा पालेर नबिक्ला, मूल्य नपाइएला भन्ने चिन्ता खासै नहुने उहाँले बताउनुभयो । उहाँका अनुसार कुखुरालाई चार चार महिनामा जुकाको औषधी खुवाउनु पर्ने हुन्छ नत्र रोगले क्षति र्पुयाउन सक्छ । पछिल्लो समय यहाँका धेरै युवाहरुले नमुना कृषि फर्मबाट चल्ला लगेर गाउँघरमै बसेर लोकल कुखुरापालनलाई अगाडि बढाएका छन् । ‘राम्रो कमाइ हुने भएकाले गाउँका धेरै युवा लोकल कुखुरापालनमा आकर्षित भएका छन् ।

    समर्पककोलागी सुनिल गौतम रतुवामाई—९ इटहरा नमुना कृषि फार्म फोन न :९८६३०१०२८६

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…