बैसाख २८ , झापा / जबजब नेपाल संकट र आन्तरिक द्वन्दमा अलमलिन्छ , तबतब साम्राज्यबादी भारत आफ्ना बिस्तारबादी पन्जा फैलाउन तल्लिन रहन्छ ।
सानो र कमजोर देश नेपालमा अस्थिरता फैलाउनु साथै असल छिमेकीको तथाकथित मखुन्डो ओडेर आफ्नो निहित स्वार्थ पूरागर्ने छिमेकि देस भारतका शासकहरुको पुरानै मानसिकता हो। लोभिपापी हरुलाइ सत्ताको ललिपपमा भुलाएर असल छिमेकिको आवरणमा आफ्नो स्वार्थ अनुकुल एजेन्डा कार्यान्वयन गर्नु नै भारतको एकमात्र लक्ष्य हो। काली नदिको शिर लिम्पियाधुरा देखि पुर्बको सबै भु-भाग नेपालको हो भनेर सुगौली सन्धी ( १८१६)मा प्रस्ट उल्लेख हुदाहुदै नेपालको सिमाना अनाधिकृत रुपमा हडप्नु अन्तरास्ट्रिय सिमा कानुनको उलंघन, UN चार्टर, सार्क बडापत्रको बर्खिलाप हो।
उक्त भुमिलाइ भारत उत्तराखण्ड पिथौरागढको आफ्नै भुमी भएको दावी गर्दै मानसरोवर जोड्ने ७४ कि.मि. बाटो नेपाल भुकुम्पले थलिएको अवस्थामा भारतिय प्रम मोदिले चिन भ्रमण गरि नेपाललाइ थाहै नदिइ निर्माण गर्ने संम्झौता गरेका थिए। तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले उक्त कदम प्रती आपत्ती जनाउदै कडा असहती पत्र भारत र चिन दुबैलाइ पठाउदा चिनले प्रतिक्रिया जनाएपनी भारतले बेवास्था गर्दै बाटो निर्माण गरेको हो।
यस्तो क्रुर र निर्दयी कदमा बिरुद्द सबै नेपाली हरुले कडा आपत्ती जनाउदै रास्ट्र स्वाधिनताको रक्षाका निमित्त अन्तरास्ट्रिय रुपमा आवाज बुलन्द गराउनु नेपालको पहिलो आवस्यक रहन गएको छ । यसका निमित्त अब नेपालले प्रथमिकताका आधारमा निम्न कदमहरु चाल्न आवस्यक देखिन्छ ।
नेपाल स्थित भारतिय राजदुतलाइ परराष्ट्र मन्त्रालय बोलाइ स्पष्टीकरण सोध्ने, प्रधानमन्त्रीले हटलाइन मार्फत भारत सङ्ग तुरुन्त बार्ताका लागि वातावरण बनाउने।
नेपाल स्थित उपलब्ध बिदेशी राजदुतहरुलाइ बोलाइ ऎतिहासिक प्रमाण र दस्तावेज सहित अतिक्रमण बारे तु जानकारी गराइ भारत माथी दवाव सिर्जना गर्ने,
बिदेशमा रहेका राजदुताबास मार्फत सम्बन्धित देशका सरकारलाइ जानकारी गराउने,
संयुक्त राष्ट्र संघ र अन्तरास्ट्रिय अदालतमा यो मुद्दा लैजाने ।
( लेखक बिदुर गिरि सरस्वती माध्यमिक बिध्यालय कमल गाउपालिका झापा का शिक्षक हुन) ।
(यो लेखकको निजी विचार हो । यसमा रातोकलमको सम्पादकीय नीति प्रतिविम्वित छैन। हामी सबैखाले विचारको सम्मान गर्छौं-सम्पादक)