• उदयपुर, २८ बैशाख । उदयपुरमा विहिबार दिउँसो आएको हाबाहुरीले एक ७ महिनाको बच्चा सहित घरको छाना नै उडाएको छ । जिल्लाको त्रियुगा नगरपालिका ७ सितलपुरका रामविकास नेपालीको ७ महिनाको छोरो सहित टिनको छानो उडाएको हो ।

    छिमेकी ढक बहादुर परियारका अनुसार ७ महिनाको रामविकास नेपालीको ७ महिनाको छोरा विपिन्द्र नेपालीलाई ५० मिटर भन्दा पर उडाएको थियो । उनले भने, ‘हेर्दा हेर्दै बाँसको कोरामा सारीको झोलुङ्गोमा सुतिरहेको बच्चा सहित टिनको छानो हावामा आकाशमै उडिरहेको थियो । घरको छानोको एक पाखा २० मिटरको दुरीमा खस्यो भने बच्चा भएको पाखो ५० मिटरको दुरीमा हावामै उडिरहेको थियो ।’ हावाहुरी आएपछि बुवाआमा घरको अरु काम गर्न थालेपछि एक्कासी आएको हावाहुरीले घरको टिनको छानोसहित बालक उठाएको थियो ।

    उनले भने, ‘फिल्मी शैलीमा हेर्दा हेर्दै घर हावामा उडेपछि बच्चा रहेको थाहपाएपछि हामीले कुदेर गयौं । टिनको छानो एक ठाउँबाट अर्को ठाउँमा ठप्पकै राखेकोले बच्चा उछिटिएर मकैबारीमा पुगेपछि सामान्य चोट लागेको छ ।

    बच्चाको आँखा, नाक, कानमा सामान्य चोट लागेको छ । बच्चाको अवस्था अहिले ठिक रहेको त्रियुगा नगरपालिका ७ का वडाध्यक्ष भिमबहादुर पुलामी मगरले बताए । वडाध्यक्षका अनुसार हावाहुरीले घर उडाउँदा एक लाख बढीको क्षति भएकोले क्षतिपूर्तिको लागि नगरपालिकासँग पहल गरेको बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…