• भद्रपुर, २८ बैशाख ।
    भद्रपुर ६ नम्बर वडाध्यक्षले वडा कार्यालयमा सञ्चालन गर्ने कार्य सम्पादन अपारदर्शी भएको भन्दै नेपाली काँग्रेस भद्रपुर ६ नम्बर वडा समितिले ज्ञापनपत्र बुझाएको छ ।

     


    कोरोना संक्रमणको युद्धमा वडा भित्र रहेका सवै दल, सहयोगी हात र वडाका जनप्रतिनिधिलाई विश्वासमा लिएर काम गर्नु पर्ने वडाध्यक्षले बहुमतको बलमा मनोमानी गरेको आरोप लगाउँदै वडा काँग्रेसले कार्यशैली सच्याउन माग राखी ज्ञापनपत्र बुझाएको हो ।

     

     

    नगर प्रमुख जीवनकुमार श्रेष्ठ तथा वडाध्यक्ष प्रेमबहादुर बरूवाललाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ— वडाध्यक्षले केन्द्रीय सरकारको पदचापलाई नै पछ्याउँदै आएका छन् । मूलतः उनको शुरु देखिको अपारदर्शीतालाई बढावा दिने विधि प्रक्रिया र स्थापित मापदण्ड विपरितको काम गर्ने शैलीले हामीलाई गम्भीर बनाएको छ ।

     

    हाम्रो पार्टीबाट उम्मेदवार भइ निर्वाचित भएका वडा सदस्यहरुलाई वडाबाट सम्पादन हुने महत्वपूर्ण विषयहरूमा कुनै जानकारी नगराई छलफलमा सहभागी नगराई वडाको नेतृत्वबाट एकलौटी ढंगले निर्णय गरी काम गर्ने गरेको तथ्यको बारेमा हामी पूर्ण जानकारछौं । वडाको बजेटबाट वितरण हुने बाख्रा पालन, गोठ सुधार जस्ता विभिन्न शीर्षकको रकम वितरण गर्दा संस्थागत निर्णय प्रक्रियालाई लत्याईएको छ । कुनै अपवित्र स्वार्थको बसमा परेर नै यस्ता अपारदर्शी क्रियाकलाप सम्पादन हुन जाने कुरामा दुई मत हुनसक्दैन ।



    ज्ञापन पत्रमा भनिएको छ—समाजको कुनै निश्चित शाखाको मात्र नभएर सम्पूर्ण वडा वासीको आस्थाको धरोहरको रूपमा रहनुपर्ने वडा कार्यालयलाई वडाध्यक्षले सामान्य मूल्य मान्यता र लोकलाजको समेत ख्याल नराखी आफ्नो पार्टी ने.क.पा.को कार्यकर्ता भर्ति केन्द्रको रूपमा परिणत गरेका छन् । ने.क.पा., भद्रपुर वडा नं.६ को कमिटीको अध्यक्षलाई जवरजस्ती ढंगले वडाको कर्मचारी (कार्यालय सहयोगी) को रूपमा वडाध्यक्षले नियुक्त गरेका छन् । निज कार्यालय सहयोगी रोशन राजवंशी ने.क.पा.वडा कमिटिको अध्यक्षको हैसियतमा अहिले पनि राहत वितरण लगायतका विषयमा सञ्चार माध्यममा प्रस्तुत भइ आएका छन् । वडाध्यक्षको एकलौटी निर्णयबाट सिर्जित यस्ता अपारदर्शी र मूल्य मान्यता विहिन क्रियाकलापको घोर भत्र्सना छ ।



    अहिले कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्दै भोकमरीका विरुद्ध वडा वाहिरको शक्तिको समेत सहयोग लिंदै वडाध्यक्षले वडाको सम्पूर्ण शक्ति र स्रोतको बुद्धिमतापूर्ण प्रयोग गर्नुपर्ने हो । तर, यस्तो समयमा समेत निहित स्वार्थबाट प्रेरित क्रियाकलापलाई निरन्तरता प्रदान गरेको वडाध्यक्षको भूमिकाले हामीलाई चिन्तित र बढी गम्भीर बनाएको छ । विपतको यस घडीमा सहारा नेपालले विपन्न वडाबासीका लागि भनि छुट्याएको राहतको वडाध्यक्षले एकलौटी निर्णय गरि आफूखुसी वितरण गरेका छन् । यसमा समेत विगतमा झैं वडा समितिलाई बाइपास गरी काम गरेका छन् ।

     

    ज्ञापनपत्रमा नेपाली कांग्रेसको तर्फबाट गत स्थनीय तह निर्वाचनमा वडाध्यक्षको उम्मेदवार रहेका रतिया राजवंशी र वडासभापति सुशान्त रायमाझीले हस्ताक्षर गरी वडा कार्यालय र बोधार्थ भद्रपुर नगरपालिकाको कार्यालयमा नगर प्रमुखलाई बुझाएका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…