• उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिकाका छत्र डाँगीले लकडाउनको कारण अप्ठ्यारोमा परेका तीन सय भन्दा बढी मजदुर तथा विपन्नलाई निरन्तर साँझबिहानको खाना खुवाउँदै आएका छन् ।

     

    लकडाउनको कारण रोजगारी गर्न नपाएका दैनिक ज्यालादारी मजदुर र विपन्न समुदायका व्यक्तिहरुलाई दैनिक बिहान–बेलुकाको खाना खुवाउने व्यवस्था मिलाइएको हो । साझा हस्पिटल मधुमल्लाका सञ्चालकसमेत रहेका डाँगीले निस्वार्थ रुपमा मधुमल्ला बजारमा विगत १० दिनदेखि निशुल्क खाना खुवाउँदै आएका छन् ।

     

    दैनिक काम गरेर साँझ–बिहानको छाक टार्दै आएका बिपन्न मानिस लकडाउनले भोकभोकै पर्ने अवस्था आएपछि निःशुल्क खाना खाने व्यवस्था मिलाएको डाँगीले बताउनुभयो । डाँगीले थालेको अभियानलाई स्थानीयहरुले पनि साथ दिन थालेका छन् । हाल स्वसेवक तथा सहयोगीदाता निस्केपछि खाना खुवाउने कार्यक्रम सञ्चालनमा सहज भएको उहाँले बताउनुभयो । लकडाउन भरी खाना खुवाउने कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाई छ ।

    https://www.youtube.com/watch?v=kSXsKWZ-A9s&t=197s

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…