• युबराज रेग्मी बैसाख ३० ,झापा / भारतले केही दिन अघि भिडियो कन्फरेन्स मार्फत नेपालको भुमि लिपुलेक हुँदै चिनको मानसरोबर जाने बाटो निर्माण गरि औपचारिक रुपमा उद्घाटन गरेको जानकारी गराए पश्चात् भारत सरकारको उक्त क्रुर कदम बिरुद्द नेपाल लगायत बिश्वका विभिन्न मुलुकहरुमा रहेका नेपाली हरुले भारत सरकार र प्रम मोदि विरुद्ध निरन्तर रुपमा चर्को बिरोध प्रदर्सन गर्दै आएका छ्न ।

     

    यसै सन्दर्भ अनुरुप हिजो सोमबार झापा जिल्लाको कमल गाउँपालिकामा नेपाल बिध्यार्थी संघ समर्थित बिध्यार्थी हरुले देसभक्ती भाब दर्साउदै भारत सरकार र मोदि विरुद्ध चर्को नाराबाजी लगाएका छ्न । सिमाना मिच्न पाइदैन , मिचाहा छिमेकि चाहिदैन भन्दै भारतिय बिस्तारवाद विरुद्ध बिध्यार्थी हरुले झापा जिल्लाको कमल गाउपालिकाका विभिन्न वडा हरुमा नारा लगाउदै मोटरसाइकल र्याली परिक्रमा गरेका छ्न ।

     

    गाउपालिकाको वडा न ५ मङलबारे बाट निस्किएको मोटरसाइकल र्याली पाडाजुङी, केरखा ,क्याम्पा ढ्याङ्री ,सरङ्पाडा ,सोलमारी , सितापुरी हुँदै गेउरियामा गएर कोड सभा गरि बिसर्जन गरिएको ने बि संघका युबा नेता महेन्द्र भट्टराईले जानकारी गराएका छ्न । मोटरसाइकल र्यालीमा कमल गाउपालिका लगायत गौरादह र दमक नगरपालिकाका ने बि संघ समर्थित बिध्यार्थी नेता हरुको उल्लेख्य सहभाहिता रहेको भट्टराईले जानकारी गराए ।

     

    केहि दिन अघि नेबि संघले भारतीय बिस्तारवाद बिरुद्द बैसाख २७ गते झापाको कमल गाउपालिका वडा न ५ को मंगलबारे बजारमा भारतिय प्रम मोदिको पुत्ला दहन गरेका थिए । भारत सरकारको उक्त कदम विरुद्ध निरन्तर रुपमा बिरोधका कार्यक्रम आयोजना गर्दै आएको नेबि संघले गो ब्याक ईन्डिया लेखेको ब्यानर सहित नेपाली राष्ट्रिय झन्डा बोकेर मातृभुमि र देसभक्तीभाब दर्साउदै भारतिय बिस्तारबादको बिरोध गरेका छ्न ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…