• उर्लाबारी ।मोरङ उर्लाबारी ६ की मुटु रोगी मनकुमारी दर्जीको उपचारमा नेप्लिजटिन्सले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । दर्जीको उपचारमा आर्थिक अभावको समाचार मिडियामा आएसँगै नेप्लिजटिन्सले ५७ हजार ३ सय ८० रुपैयाँ आर्थिक सहयोग गरेको हो । नेप्लिजटिन्सले मोरङको पथरी र झापाको गौरधा र दमकमा चिया बेचेर उक्त रकम संकलन गरेको हो । संकलित रकम विरामीको हजुर आमा कृष्णमाया राईलाई प्रदान गरिएको हो । संकलित रकम उर्लाबारी नगरपालिकाका वडा नम्बर ६ का वडाध्यक्ष चिन्तामणी पौड्याल, वडासदस्य अम्बिका तामाङ र नेप्लिजटिन्सका सदस्य शुक्रबार विरामीको घरमा नै पुगेर हस्तान्तर गरेको हो । नेप्लिजटिन्सका सदस्य विपुल हुमागाईका अनुसार मनकुमारीको उपचारमा खर्च अभाव भएको समाचार आएसँगै नेप्लिजटिन्सका सदस्यहरुले आर्थिक संकलन कार्य गरेको हो । मुटुको भल्वको उपचारका लागी गएको विहिवार मनकुमारीलाई काठमाण्डौं लगिएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…