• भीमदत्तनगर। सामाजिक अभियान्ता अनुराधा कोइरालाले स्थापना गरेको माइती नेपालका गतिविधिहरु पछिल्लो समय नेपाली चेलीहरुलार्इ ठूलो वरदान समान हुने गरेको छ । बेचिन लागेका चेलीहरुलार्इ परिवारको मिलन गराएर ठूलो मुक्तिबाट बचाएको सो स‌ंस्थाले वर्षेनी सयौं नेपाली चेलीहरुको उद्दार गरेको छ ।

    माइती नेपाल कञ्चनपुरले बितेको एक वर्षमा पश्चिमी नाका भएर अवैधरुपमा विभिन्न बहानामा भारतलगायत तेस्रो मुलुक गइरहेका २०६ जना महिला तथा बालबालिकालाई सीमा क्षेत्रमा रोकथाम गरेको छ । माइती नेपाल, कञ्चनपुरले आज भीमदत्तनगरमा पत्रकार सम्मेलनको आयोजना गरी पश्चिमी नाका गड्डाचौकीलगायत अन्य खुला नाकाबाट दलाल तथा विभिन्न सम्पर्कबाट अवैधरुपमा मुलुकबाट बाहिरीईरहेकालाई रोकथाम गरी पारिवारिक पुनर्मिलन गराएको जनाएको छ । सन् २०१७ मा यहाँबाट भारतलगायत तेस्रो मुलुक जान लागेका २०६ जना महिला तथा बालबालिकामध्ये ३७ जना कञ्चनपुरकै रहेको माइती नेपाल, कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिइन् ।

    त्यसैगरी, माइती नेपालले सन् २०१७ मा २४ जना जोखिममा परेका महिला तथा बालबालिकाको उद्धारसमेत गरेको छ । भारतको बैंलोर, सिमला, चण्डीगढ, हल्द्वानी, काशीपुर र कलकत्तालगायतका शहरबाट उद्धार गरिएको माइती नेपालकी संयोजक भट्टले जानकारी दिइन् । “भारतको कलकत्ताबाट युवतीको उद्धार गर्न निकै सकसपूर्ण रह्यो”, भट्टले भनिन्, “धेरै महिला तथा बालबालिका आर्थिक लोभमा जोखिममा पर्नुका साथै बेचबिखनमा परिरहेका छन् ।” उनले बितेको एक वर्षमा माइती नेपालले मानव बेचविखनविरुद्ध दुईवटा मुद्दा दर्ता गराएको बताइन् । “एउटा मुद्दा त भारतमै चलिरहेको छ”, उनले भनिन्, “उद्धार गरिएका धेरै मान्छे मुद्दा र न्यायका लागि कानूनी प्रक्रियामै विविध कारणले जानै मान्दैनन् ।”

    सन् २००३ मा कञ्चनपुरमा स्थापना भएको माइती नेपालले पश्चिमी नाका अवैधरुपमा चेली वैदेशिक रोजगारीका नाममा बेचिने गरेको देखिएको छ । “हामीले हालसम्म ४२ जिल्लाका महिला तथा बालबालिकालाई यो नाकामा रोकथाम गरिसक्यौँ”, भट्टले भनिन्, “दलाल मानव बेचविखनका अनेक तरिका अपनाइरहेका हुन्छन् ।”

    संस्थाले २००३ यता हालसम्म दुई हजार २१७ जनाको सीमा क्षेत्रबाट रोकथाम गरिसकेको छ भने हालसम्म दुई हजार ५२६ जनाको पारिवारिक पुनर्मिलन गराएको छ । त्यस्तै, १३७ जना महिला तथा बालबालिकाको उद्धार गरेको छ भने, खोजतलासका लागि एक हजार ९५६ निवेदन माइती नेपाल कञ्चनपुरमा परेका छन् । हालसम्म ४२ जनाविरुद्ध मानव बेचविखनमा मुद्दा चलाइएको छ भने ६६ हजार १९४ जनालाई परामर्श प्रदान गरिएको छ ।

    “खुला सिमानाका रहेका कारण पछिल्ला दिनमा यहाँका तीनवटा स्थानीय तहसित पनि समन्वय गरेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।” माइती नेपालकी संयोजक भट्टले भनिन्, “मानव बेचविखन गम्भीररुपमा विकसित हुँदैछ, सम्बन्धित सबैको ध्यान बेलैमा जानु जरुरी छ ।” माइती नेपाल अहिलेकी प्रदेश न‌ं ३ कि प्रमुख अनुराधा कोइरालाले मावन वेचविखन रोक्नको लागि स्थापना गरेको संस्था हो । रासस

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…