उर्लाबारी, जन्मदिन हरेक मानिसका लागि विशेष हुन्छ । अझ विशेष कसरी बनाउँने र कसरी मनाउँने मान्छे अनुसार फरक पर्छ । कसैको जन्मदिन मनाउने शैलीपनि मानव समुदायका लागि उदाहरण बन्छ । , अध्ययनको शिलशिलामा अष्ट्रेलियामा रहेकी झापा दमककी आस्ना सिटौलाको जन्मदिन उदाहरणीय बनेको छ । नमुना बाल गृह उर्लाबारीमा नगद सहयोग र खानाको प्रबन्ध गरी आस्नाको जन्मदिन मनाइएको हो ।
बुधबार आस्नाका बुवा–आमा भीम र करुणा सिटौलाले एकछाक खानाको व्यवस्था गरी आश्रमका बालबालिकासंग बर्थ–डे सेलिब्रेशन गरेका हुन । सो अवसरमा सिटौला दम्पतिले गृहमा नगद १० हजार प्रदान गर्नुका साथै स्टेशनरी सामग्री प्रदान गरेका थिए ।
छोरीको जन्मदिनको केक काटेर सिटौला दम्पतिले बालबालिका लाई खुवाएका थिए । सोही अवसरमा आस्नाका बुवा भीम सिटौलाले आश्रममा रहेका बालबालिकाको पक्षमा थुप्रै नीतिगत व्यवस्था भएपनि कार्यान्वयनमा समस्या रहेको भन्दै बालबालिकाको बिषयमा सबै पक्षबाट चासो र समानुभुति हुन आवश्यक रहेको बताए ।
बालबालिकाको बिकास भएमा मात्रै सभ्य समाज निर्माण गर्न सकिने भन्दै उनले नमुना बाल गृहमा बालमैत्री वातावरणका लागि आफु सम्बवेदनशील रहेको बताए । उर्लाबारी–४ निवासी सुरेश शाक्य दम्पतिले संयोजन रहेको जन्मदिन कार्यक्रममा बाल गृहकी अध्यक्ष मीना बरालले सहयोगीहरु प्रति कृतज्ञता प्रकट गरिन् ।
सो बाल गृहमा ४६ जना बालबालिका आश्रित छन् । लकडाउनको समयमा उनीहरुको दैनिक खानपानको प्रबन्ध गर्न सकस परेको अध्यक्ष बरालको भनाई छ ।
https://youtu.be/RXfbIVrVurk