दमक/नेपाली कांग्रेस झापा जिल्ला सदस्य तथा गत स्थानीय निर्बाचन मा दमक वड़ा न .८ का निकटतम प्रतिस्पर्धी रबि न्यौपानेले पार्टीको वडा समिति मार्फत मंगलबार वडा भित्रका बिपन्न परिवारलाई राहत वितरण गरेको छ ।
लामो समय देखीको लकडाउनका कारण समस्यामा परेका दैनिक ज्याला मजदुरी गर्ने वडा भित्रका १२७ परिवारलाई परिवार संख्या का आधारमा प्रति परिवार १०,२०,२५ केजी का दरले राहत उपलब्ध गराईएको वडा सभापती उमाकान्त ढुंगानाले जानकारी दिनुभयो ।
ढुंगानाका अनुसार जिल्ला सदस्य रबि न्यौपानेले २१००केजी चामल र सभापति ढुंगानाले १३० पोका आयो नून राहत का लागी सहयोग प्राप्त भएको बताए ।लामो समय देखीको लकडाउनले खाना खानै समस्या परेको भन्दै वडाभित्रका नागरिकहरुले पार्टिमा आग्रह गरे अनुसार १२७ परिवारलाई राहत उपलब्ध गराईएको उहाँले बताउनु भयो ।
दमक ८ का लक्ष्मी मार्ग ,शान्ति नीराजन ,नमुना,लक्ष्मी टोल,बलुवाटार टोल ,रतुवामार्ग ,नब सृजना ,आइतबारे, मकालु टोल का गरी जम्मा १२७ बिपन्न परिवारलाई करिब १ लाख २०हजार मूल्य बराबर को खाद्यान्न बितरण भएको दमक कांग्रेस का सह सचिब दिपेश दाहालले बताएका छन।
राहत वितरण कार्यक्रममा कांग्रेस महासमिति सदस्य दिल बहादुर बुढाथोकी ,मेदनीप्रसाद सिटौला, जिल्ला सदस्यहरु उमाकान्त आचार्य, मेनुका बुढाथोकी ,बिक्रम अधिकारी,महाधिबेशन प्रतिनिधि रोशन गौतम ,क्षेत्रीय सभापति ढुणडीराज भण्डारी नगर सभापति रोशन बिस्ट सहित स्थानिय नेता मीना कोइराला,चन्द्र खत्री, परशुराम रिजाल ,किरण थापा ,ने बि संघ झापा उप सभापति भवानी काफले लगायतको उपस्थिति रहेको थियो भने सो कार्यक्रम वडा न.८ का वडा अध्यक्ष पशुपतिराज गौतम को रोहबर मा भएको थियो।